logo
  • सोमबार, असोज १२ २०८३

झिँवाखोला देखी बुटवलका लागि सिधा जिप सेवा सञ्चालनमा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हेम विश्वकर्मा, बुर्तिबाङ माघ ५ ।
बाग्लुङ्गको निसिखोला गाउँपालिका ३ झिवाखोला देखि बुटवल सम्म जिप सेवा सञ्चालनमा आउने भएको छ ।
जिप सेवा सञ्चालनका लागि आज आयोजित एक कार्यक्रममा निसिखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले रिवन काटेर उद्घाटन गर्दै उहाँले निसिखोला गाउँपालिकाको ग्रामीण क्षेत्रका जनतालाई समेत सहज बातावरणको सिर्जना भएको बताउनुभएको छ साथै उँहाले जिप सेवाको क्षेत्र बिस्तार गरेकोमा दुबै समितिलाई धन्यवाद दिनुभएको छ ।
धौलागिरि जिप व्यवसायी समिति र गुल्मी जिप व्यवसायी समिति सँगको सहकार्यमा सिधा जिप सेवा सञ्चालनमा ल्याउन लागिएको हो । यसभन्दा अगाडी सिधा जिप सेवाको लागी निसिखोला देखि बुर्तिबाङ सम्म धाउनुपर्ने अबस्था थियो । मध्यपहाडी, पुष्पलाल लोकमार्गको स्तर उन्नति भएसँगै त्यसको अन्त्यको लागि भिम घर्तिको पहलमा जिप सेवा सञ्चालनमा ल्याइएको बताइएको छ ।
धौलागिरि जिप व्यवसाय समिति बुर्तिबाङका प्रतिनिधि लक्ष्मण के.सी , जनप्रतिनिधि , समाजसेवी लगाएतको उपस्थिति रहेको कार्यक्रममा समितिको इन्चार्जका लागि बिमल शाहीलाई नियुक्ति समेत गरिएको छ । समितिले यस लगतै झिँवाखोला देखी बागलुङ, पोखराका लागि पनि जिप सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । सिधा जिप सेवा सञ्चान भएपछि यात्रुहरुलाई आवतजवत गर्न , सामान ढुवानी गर्न र उक्त क्षेत्रमा उत्पादिन सामग्रीको बजारिकरण गर्नमा सजिलो हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend