logo
  • शनिबार, साउन ९ २०८३

ब्लड क्यान्सर पीडित भारतीलाई काभ्रेली समाज जापानको आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३


साझा नेटवोर्क,बनेपा,माघ ४।
काभ्रे जिल्ला साविक पोखरी चौँरी गा.वि.स.हाल चौँरीदेउराली गाउँपालिका खार घर भएका वेल्सन भारतीको उपचार्थ काभ्रेली समाज जापानले १ लाख ६३ हजार आर्थिक सहयोग गरेका छ । समाजले बिरामीको बुबा सुरेन्द्र भारतीको अनुरोधमा सहयोग संकलन अभियान संचालन गरेको थियो । वेल्सन भारती ६ बर्षकै कलिलो उमेरमा नै रक्त क्यान्सार जस्तो प्राणघातक रोगसंग लडिरहेको र परिवारको आर्थिक अबस्था कमजोर भएकोले समाजले अभियान संचालन गरेको काभ्रेली समाजका अध्यक्ष समिर तामाङले जानकारी दिनुभएको छ । भारतीको उपचारको लागि विभिन्न व्याक्ति वा सङ्घ सस्थाहरु बाट सहयोग सङ्कलन भएको थियो । समाजले सन्चालन गरेको उक्त सहयोग संकलन अभियान मार्फत जम्मा भएको नगद रू.१ लाख ६३ हजार ८ सय ३० रूपैया काभ्रेली समाजका उपाध्यक्ष छेवङ लामा र फोनिज अध्यक्ष तथा मातृ सन्देश डट कमका रिपोर्टर प्रमुख चसिला तामाङले भारतीको निवासमा नै पुगेर हस्तान्तरण गर्नुभएको छ ।
विरामी वेल्सन भारतीका बुबा सुरेन्द्र भारतीले वेल्सनको उपचारको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिदै सहयोगले आफ्नो छोराको ज्यान बचाउन ठूलो भूमिका निर्वाह हुने भन्दै खुशी समेत ब्यक्त गरेका छन्।
साथै यस आर्थिक अभियानमा साथ दिने सम्पूर्ण जापानवासी सहयोगी मनहरु प्रति काभ्रेली समाज जापानले धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend