साझा नेटवर्क
अनिल खत्री, गुल्मी पुष ३० ।
गुल्मीमा कालीगण्डकी नदिमा हाम फालेर एक जना बेपत्ता भएका छन् । जिल्लाको कालिगण्डकी गाउँपालिका २ हर्मिचौर निवासी अन्दाजी ५२ वर्षिय भुवानन्द न्यौपाने नदिमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।
न्यौपाने गुल्मी र पर्वत जोड्ने सेतीवेनीको झोलुङ्गे पुलबाट कालिगण्डकी नदिमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनको खोजीकार्य भइरहेको प्रहरी निरिक्षक खड्काले बताए । नदिमा फालेर बेपत्ता भएको न्यौपानेको जानकारी पर्वत प्रहरीले जिल्ला प्रहरी कार्यालय गुल्मीलाई गराएको प्रहरीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend