logo
  • सोमबार, असोज १२ २०८३

गौमुखी मा. वि को अभिभावक दिवस सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,प्यूठान,पुस २९ ।
गौमुखी मा बि ठुलाबेसि प्यूठानको २८ औ बर्षिक उत्सव तथा अभिभावक दिवस आज विविध कार्यक्रम गरि सम्पन्न भएको छ । विद्यालय व्यावस्थापाना समितिका अध्यक्ष बालाराम न्योपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि माननीय प्रदेश सभा संसाद हरि प्रसाद रिजाल रहनु भएको थियो। सोही अवसरमा पुर्व गौमुखी बासी तथा हाल कपिलवस्तु जिल्ला बाट प्रदेश साम्सद अर्जुन के सि ले आफ्नो बुबाको सम्झनामा ३ लाखको अक्षय कोसको स्थापाना गर्नु भएको छ । बिधालयले विविध विधामा सम्मान तथा पुरुस्कार समेत वितरण गरेको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षा बिनाको विकास अधुरो हुने भन्दै शिक्षामा लागानी गर्न आग्रह गरेका थिए साथै एस पालिका भित्र एउटा कुनै विधाको क्याम्पस आवश्यक रहेको भन्दै तेस तर्फ सरोकारवाला सबैको ध्यानाकर्षण हुनु पर्ने बताएका थिए कार्यक्रममा पालिका अध्यक्ष,जिल्ला शिक्षा इकाई प्रमुख,लगाएतको उपस्थित रहेको थियो । विधालयको वार्शिक प्रगति प्रतिवेदन प्र अ अर्जुन ब के सि ले गर्नु भएको थियो भने संचालन शिक्षक उपेन्द्र न्योपानेको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend