logo
  • शनिबार, असोज १० २०८३

इस्मा गाउँपालिकाको सपथ ग्रहण सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गुल्मी, पुष २७ ।
नेपाल कम्युनिस्ट पार्टी इस्मा गाउँपालिकाको सपथ ग्रहण सम्पन्न भएको छ । नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश सासद दिनेश पन्थी गाउँकमिटीका सबै सदस्यहरुलाई सपथ ग्रहण गराए । नारायण पैयानीको अध्यक्षतामा ७५ सदस्यीय इस्मा गाउँपालिका कमिटीको गठन गरिएको छ ।

कमिटीको सचीवमा वसन्त सुनार लगायतका सदस्यहरु रहेका छ्न । कार्यक्रममा नेकपाका नेता बुद्धि जिसि, सोमनाथ सापकोटा, लक्षमन बिष्ट, हिरा एसि, भुपाल पोखरेल, लीलामणि पोखरेल, बिमला खत्री, दुर्गा बोहोरा, ललिता गौतम, राजेन्द्र बिक्रम कुवर लगायतको उपस्तिथिती रहेको थियो ।

कार्यक्रमलाई संबोधन गर्दै अधिकांश नेताहरुले सरकार र स्थानीय तहले गरेका सकरात्मक कामहरुको प्रचार कमिटीले सवै कार्यकर्तामा पुराउनुपर्नेमा जोड दिए । प्रमुख अतिथी दिनेश पन्थीले बामपन्थीको सरकार भएपनि स्थानीय कमिटी नभएका कारण प्रतिपक्षले जनतामा भ्रम मात्रै सृजना गरेको बताए ।

त्यस्तै पार्टी सचिव बुद्धि जिसीले स्थानीय सरकारका जनप्रतिनिधी र तीनका योजनाहरुलाई सफल र असफल बनाउने जिम्मा गाउँ तथा नगरकमिटीहरुको भएको बताए ।

कार्यक्रममा जनप्रतिनिधीको तर्फबाट जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली, मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा, लक्ष्मण बिष्ट, भुपाल पोखरेल तथा पार्टी नेताहरुको तर्फबाट हिरा एसी, लिलामणी पोखरेल, बुद्धि जिसी, राजेन्द्र बिक्रम कुवंर, ललिता गौतम, बिनिता पोखरेल लगायतले शुभकामना मन्त्व्य राखेका थिए ।

साथै गाउँकमिटी र नेताहरुको बिचमा अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रम इस्मा गाउँकमिटी अध्यक्ष नारायण पैयानीको अध्यक्षता तथा सचिव बसन्त सुनारको संंचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend