logo
  • सोमबार, असोज १२ २०८३

महिला सहकारीको साधरणसभा सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ पुष २१ ।
बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले सहकारीहरु नाफ भन्दापनि रोजगारी निर्माण गर्दै समृद्धिको लागि हुनुपर्ने वताउनु भएको छ। आज दिदिवहिनि वचत तथा ऋण सहकारी संस्था लिमिटेड बडिगाड २, खर्वाङको आठौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष पाइजाले सो कुरा वताउनु भएको हो।

पाइजाले सहकारी संग सरकार मिलेर काम गर्न चाहेको वताउँदै सामाजिक विकृतिका विरुद्ध महिलाहरुलाई एक हुन आह्वान गर्नुभएको छ ।

कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं. १ का अध्यक्ष वोम वहादुर थापा, वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, नेकपाका प्रदिप खरेल, नेपाली काग्रेसका गन वहादुर श्रीस, राष्ट्रिय जनमोर्चाका धन वहादुर वुढा, नवप्रतिभा वचत तथा ऋण सहकारीका अध्यक्ष होमनाथ अर्याल, दगातुन्डाडा सिकाई केन्द्रका अध्यक्ष कृष्ण प्रसाद खरेल, पत्रकार कमल पौडेल, पशुसेवा केन्द्र खर्वाङका प्रमुख महेन्द्र पन्थी, महिला शसक्तिकरण केन्द्रका सचिव माया केसि, आयोजकका सल्लाहकार सदस्य कृष्ण कुमारी राना लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

सभामा कोषाध्यक्ष देउमाया रानाले २ करोड वढिको आर्थिक प्रतिवेदन तथा सचिव विना थापाले भावि कार्यक्रम सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममै उत्कृष्ट वचतकर्ता निर्मला राना र बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजालाई सम्मान गरिएको थियो।

कार्यक्रम कार्यवाहक अध्यक्ष विष्णुमाया अर्यालको अध्यक्षता, सहसचिव गिता पोखरेलको स्वागत मन्तव्य तथा सचिव विना थापाको संचालनमा सम्पन्न भएको थियो।

महिला दिदि वहिनिहरुको मात्रै सहभागिता रहेको सो सहकारीमा हाल ६ सय १० जना शेयर सदस्य, १८३ जना बाल वचतकर्ता तथा ८९ जना दैनिक वचत कर्ता रहेको सहकारीले जनाएको छ। सहकारीको ३८ लाख ४७ हजार शेयर पुँजी तथा १ लाख ४५ लाख ११ हजार ६ सय ५६ रुपैया निक्षेप रहेको सहकारीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend