साझा नेटवर्क
काठमाडौँ, पुष २१।
नेपाल टेलिभिजन बाट हरेक बिहिबार बेलुकी ७:०० मा प्रसारण भई रहेको हास्य ब्यङ्ग टेलिचलचित्र “झट्का”ले अहिले दर्शक श्रोताहरुको मन जित्दै गएको छ । छोटो समयमा लाखौ दर्शकहरुको मन मुटुमा बस्न सफल हास्य ब्यङ्ग टेलिचलचित्र ” झट्का” समाजमा भएका विसंगति बिकृतिहरु माथि चोटिलो झट्का दिने टेलीसिरियलको रुपमा दर्शको रोजाइमा परेको छ ।

रामसार मिडियाको निर्माणमा डी एल फिल्मको प्रस्तुति रहेको शिब शर्मा द्वारा लेखन, निर्देशित तथा निर्माता इन्द्र दोङ्ग खम्बे द्वारा निर्मित हास्य टेलीचलचित्र झट्काले सम समाहिक बिषय बस्तुलाइ समेट्दै दर्शक श्रोताको मन जित्न सफल भएको छ ।

छोटो समयमा नै दर्शकहरुको मन मुटुमा बस्न सफल चर्चित हास्य टेलीचलचित्र झट्काले अहिले सम्म आइपुग्दा समय सापेक्ष परिबर्तन गर्दै दर्शकहरुलाइ नया नया स्वाद दिन पनि सफल भएको छ ।
यस हास्य ब्यङ्ग टेलिसिरियल झट्कामा नेपालका चर्चित कलाकारहरुको समाबेसी रहेका छ, जसमा बिष्णु सापकोटा, सुरेन्द्र केसी, रमेश केसी महोर, मंजु श्रेष्ठ, कमला रेग्मी, इन्द्र दोङ्ग खम्बे, शिब शर्मा, नबिन श्रेष्ठ, सुशिला निरौला(बिमली), दिया श्रेष्ठ, सानु लुइटेल, स्मृति बस्नेत, सुमित्रा लामिछाने, राजेन्द्र गिरि, धर्मराज जैसी, जनक बर्तौला, श्याम बुढाथोकी लगायत अन्य चर्चित कलाकार हरु को भूमिका रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend