साझा नेटवर्क
गुल्मी, पुष १७ ।
एकीकृत ग्रामीण विकास समाज गुल्मीले नागरिक समाज संस्थाहरुसंग सदरमुकाम तम्घासमा संस्थागत क्षमता विश्लेषणको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थागत क्षमता विश्लेषणबाट भएका उपलब्धिहरुको अनुभव आदानप्रदान गर्दै नागरिक समाज संस्थाको क्षमता विकास गरी आन्तरिक सुशासन कायम गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष हिरा ए.सी.ले बताउनुभयो ।
कार्यक्रममा संस्थागत क्षमता विश्लेषणको महत्व, सञ्चालन प्रक्रिया र यसबाट हुनसक्ने उपलब्धिहरुको बारेमा मित्र समाज काठमाण्डौका क्षमता विकास विज्ञ गोबिन्द बस्नेतले जानकारी दिनुभयो ।
संस्थागत क्षमता बिश्लेषणबाट एकीकृत ग्रामीण विकास गुल्मीमा भएका उपलब्धिहरुको बारेमा पारस्परिक जवाफदेहिता परियोजनाका संयोजक हीरा कुवँरले जानकारी बताउनुभयो ।
उक्त कार्यले संस्थाले विभिन्न उपसमिति बनाई काम गरिरहेको, श्रोत परिचालन नीति, अनुगमन तथा मुल्यांकन निर्देशिका, जेसी नीति, विधान संसोधन, मानवश्रोत व्यवस्थापन निती र वित्तिय नीति संसोधन लगाएतका नीतिगत व्यवस्था र परिमार्जनको काम भएको उहाँले बताउनुभयो ।
कार्यक्रममार्फत जिल्लाको सामाजिक जागरण तथा विकास अभियानले संस्थागत क्षमता विश्लेषण गर्ने प्रतिबद्धता जनाएको छ । संस्थाका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले उक्त कार्यका लागि आफुहरुलाई प्राविधिक सहयोगको आवश्यकता रहेको बताए ।
सुशासन प्रवद्र्धनका लागि जिल्लास्तरीय गठबन्धनका अध्यक्ष श्यामकुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम गैर सरकारी संस्था महासंघ गुल्मीका अध्यक्ष विष्णु भण्डारीको प्रमुख आतिथ्यता र एकीकृत ग्रामीण विकास समाज गुल्मीका कार्यकारी निर्देशक कृष्ण विश्वकर्माको सञ्चालनमा सम्पन्न भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend