साझा नेटवर्क

सागर रिजाल,प्युठान पुष १७ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्युठानले पुर्पक्षमा राखिएका कैदीबन्दीलाई राहत स्वरुप कम्मल वितरण गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृे,प्रमुख अनुसन्धान अधिकृत हेमन्त कार्की,रेडक्रस शाखा सभापती गुमानराज पुलामी,शाखा मन्त्री दामोदर शर्माको उपस्थितीमा २० थान कम्मल वितरण गरिएको रेडक्रस शाखा सभापती गुमानराज पुलामीले जानकारी दिएका छन् ।
अनुगमनको क्रममा कैदीबन्दीले सहयोगको माग गरेका थिए सोहि अनुसार केन्द्रको अनुमतिमा कम्मल वितरण गरिएको सभापति पुलामीले बताए । उनले भने ‐‘चिसोको समयमा थुनुवालाई राहत मिल्ने उदेश्यले कम्मल वितरण गरेका हौँ । कम्मल वितरण गर्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले कैदीबन्दीलाई कम्मल सहयोगी गरि राहत दिएकोमा रेडक्रस शाखालाई धन्यबाद दिएका थिए । कारागारमा धेरै समस्या रहेका र ति समस्याको समाधान गर्न पहल भईरहेको समेत प्रजिअ गैर्हेले जानकारी दिएका छन् । जिल्ला कारागार प्युठानमा क्षमता भन्दा वढी कैदीबन्दी रहेका छन् । १० महिला र १५ पुरुष अटाउन मिल्ने स्थानमा ६२ पुरुष र १५ महिला गरि ७७ जना कैन्दीबन्दी रहेको जिल्ला कारागार प्युठानका कार्यालय प्रमुख सुर्यबहादुर पन्तले जानकारी दिए । कारगारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी छन् । कार्यालय प्रमुख पन्तले भने‐‘भवन जिर्ण हुनाले अझ वढ्दो समस्या छ । नयाँ भवन बनाउनको लागि केन्द्रले रकम विनियोजन गरेपनि आपसी द्धन्द्धले गर्दा रकम फ्रिज भएको छ । अत्यधिक चिसो समयमा रेडक्रस शाखाले कम्मल वितरण गरेकोमा कैदीबन्दीहरु खुसी भएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend