logo
  • शनिबार, साउन ९ २०८३

गायिका मञ्जुको कुरा बुझने कल्ले (तिजगित सार्वजनिक)


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

अनिल खत्री, गुल्मी आषाढ २४ ।
हिन्दु महिला नारीहरुको महान पर्व तिज आउँन झण्डै दुई महिना बाँकी रहदा कलाकारलाई भने तिज पर्वले छोइ सकेको छ । कलाकारहरुलाई तिजका गित गाउँन र गितको म्युजिक भिडियो तयार गर्न व्यस्त रहेकोले उनिहरुलाई तिज पर्व लागेको हो ।
manju teej
गत वर्षको तिजमा जस्तै यस वर्षको तिजमा पनि गायिका मञ्जु पौडेलले तिज पर्वलाई मध्य नजर राखेर “खैत बाबा बुझेको कुरा बरिलै” तिज गित सर्बजनिक गर्नुभएको छ ।

तिजको बेला बिभिन्न ठाउँमा महिला दिदि वहिनीहरु जम्मा भएर नारिका बेदनाहरुले भरिएका गाउने गितको झल्को दिलाउदै गायिका पौडेलले पनि नयाँ तिज गित बजार ल्याएको बताउनु भयो ।

घरमा जवानी वढ्दै गरेकी छोराीलाई बिवाह गरेर सिन्दुर, टिकी,गाजल चुरा लगाउन मन लागेका कथा बस्तुमा गित तयार भएको गायिका पौडेलले बताउनु भयो । तिजको बेला नयाँ कपडा किन्ने कुराहरु सगै आफना छोरीलाई बुवा आमाले सानै देखेका कुराहरुलाई गितमा समेटेर गित सार्बजनिक भएको पौडेलले बताउनु भयो ।

तिजको अबसरमा लगाउन मन लागेका कपडा टिकी, गाजल, चुरा बाबा आमाले नल्याइदिदा भाउजूका लगाएर हिडेकै कुराहरु गितमा रहेको गायिका पौडेलको भनाइ छ । तिजको बेला गाउँघर तिर महिला दिदि बहिनीहरु जम्मा भएर नारी बेला पोख्ने खालको गितलाई झल्को दिलाउने गरि गित तयार भएकोले धेरै दर्शक श्रोताले गितलाई मन पराउने उहाँको भनाई छ ।

गायिका मञ्जु पौडेलको एकल स्वर रहेको गितमा चर्चित गितकार एकनारायण भण्डारीको लय शब्द रहेको छ । गित बिएम एस म्युजिक प्रालिले बजारमा ल्याएको छ ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend