साझा नेटवर्क
काठमाडौं, पुष १४ ।
अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले प्रोजेक्ट होप २०१८ सम्पन्न गरेको छ । केही दिन अघी बाग्लुङको सल्यानमा अवस्थित श्री धौलागिरी प्राथमिक बिधालय र गुल्मीको शन्तिपुर र झारखर्कमा अवस्थित श्री उदय माध्यामिक बिधालय र श्री बालबोध निमाविका ११० बालबालिकालाई छात्रवृत्ति प्रदान गरी प्रोजेक्ट होप २०१८ सम्पन्न गरिएको हो ।

त्यो सगै, २०१८ मा सोलिडारिटीको शौक्षिक छात्रवृत्ति पाउने विद्यार्थीको सन्ख्या एक हजार नाघेको छ । २०१८ मै संस्थाले सिन्धुपाल्चोक, नवलपरासी, दोलखा, काठमाडौं, नुवाकोट र रुपन्देहीका नौ सय बढी गरीब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको थियो ।
भुकम्प पछी पुनर्निर्माण अभियानमा सकृय संस्थाले २००८ मा गुल्मीका ६ जना बालबालिकालाई छात्रवृत्ति प्रदान गरी अभियानको सुरुवात गरेको थियो । त्यसयता सोलिडारिटी इन्टरनेशनलले प्रोजेक्ट होप अन्तर्गत बिभिन्न जिल्लाका जेहेन्दार तथा आर्थिक अवस्था कम्जोर भएका बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दै आइ रहेको छ ।
संस्थाले छात्रवृत्ति कार्यक्रम अन्तरगत बालबालिकालाई स्कुल पोशाक, स्वेटर, ब्याग, कापी तथा अन्य अती आवश्यक शैक्षिक सामाग्री प्रदान गर्दै आइरहेको सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारी दिए । त्यसैगरी संस्थाले २०१९ मा पनि एक हजार बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend