logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा नेपाल टेलिकमको सेवा बिस्तार


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी पुष १३ ।
गुल्मीमा नेपाल टेलिकमले सेवा बिस्तार गरेको छ । जिल्लाको गुल्मी दरवार गाउँपालिका वडा नम्बर १ का बिभिन्न स्थान, रेसुङ्गा नगरपालिका केहि स्थानाहरु,चन्द्रकोट गाउँपालिका केहि सिमानाका स्थानाहरु र मुसिकोट नगरपालिका केहि वडाहरुमा पर्ने गरि सेवा बिस्तार गरेको हो ।

टेलिकमले जिल्लाको गुल्मी दरवार गाउँपालिकाको वलिथुममा नयाँ टावर निर्माण गरेको थियो । टावर सञ्चालनमा आएपछि त्यस स्थान वरिपारिका स्थानियले नेपाल टेलिकमको थ्रि जि नेटवर्क सहितको जिएसएम मोवाइल नेटवर्क सेवा पाएका हुन् । सेवा सुरु भएपछि स्थानियले खुसि भएका छन् ।

यस अघि रातामाटा,पराल्मी,तल्लापाट,तुराङमा सामान्य रुपमा काम गर्दै आएको थियो । नेपाल टेलिकमको सेवा नहुँदा त्यसस्थानका स्थानियले अन्य सेवा मार्फत प्रयोग गर्न बाध्य थिए ।

गुल्मी जिल्लाका सबै नगरपालिका ,गाउँपालिकाहरुमा नेपाल टेलिकमको नेटवर्कले काम गरेपनि सानो बस्ती र भित्री स्थानहरुमा अझैपनि काम नगर्ने स्थानहरु रहेको नेपाल टेलिकम गुल्मी शाखा प्रमुख रुपमांगत सापकोटाले बताए जिल्लाको स्मागाउँपालिकाको अम्मपुरमा केहि दिनमै नयाँ सेवा बिस्तार गर्ने तयारी रहेको सापकोटाले बताए ।

जिल्लामा अझै केहि स्थानहरुमा राम्रोसँग काम नगर्ने स्थानहरु रहेकाले १२ वटा नयाँ टावरहरु थपेर सेवालाई प्रभावकारी बनाइने तयारी रहेको बताए । नयाँ थप सेवा पनि यसै वर्ष भित्र पुरा हुँने सापकोटाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend