साझा नेटवर्क

साझा नेटवोर्क,प्युठान,पौष १२ । ऐरावती गाउपालिका-३ काउलेमा भएको आगलागीको घटनाका पिडितलाई राहत वितरण गरिएको छ । जिल्ला प्रसाशन कार्यालय,नेपाल रेडक्रस सोसाइटी,उधोगवाणिज्य संघ र ऐरावती गाउँपालिकाले बुधबार उक्त राहत वितरण गरेका हुन । जिल्ला प्रशासनले आगलागी पीडित प्रत्येक परिवारलाई दैवीप्रकोप कोषबाट १०/१० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।
रेडक्रश र प्युठान उद्योग बाणिज्य संघले आगलागी पीडित प्रत्येक परिवारलाई भाँडाकुँडा सेट,कपडा,कम्वल,त्रिपाल,दाल,चिनी,नुन चामल लगायतका राहत सामाग्री उपलव्ध गराएका छन् । ऐरावती गाउँपालिकाले २५ केजी को ५ बोरा चामल,प्रत्येक परिवारलाई २\२ केजी दाल उपलव्ध गराएको छ । त्यस्तै योजना आयोगका पुर्व उपाध्यक्ष गोबिन्दराज पोख्रेलले १/१ थान कम्बल प्रदान गर्दै ४५ दिनभित्र आगलागी पिडित प्रती घर परिवारलाई २/२ बण्डल जस्तापाता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । आगलागी भएको क्षेत्रमा स्थानिय ऐरावती गाउपालिका समेत राहत लिएर पिडितको घरमा पुगेको छ। राहत बितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गैह्रेले स्थानिय सरकारसंग समन्वय गरि पिडित परिवारलाई थप राहत उपलब्ध गराईने बताएका छन् ।
राहत वितरण कार्यक्रममा जिल्ला प्रशासन कार्यलय प्युठानका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे,प्युठान प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकि,राष्टिय अनुसन्धानका डिएसपी हेमन्त कार्की,शसस्त्र प्रहरी बल बिजुवार गुल्मका डिएसपी गोपाल अधिकारी त्यस्तै नेपाल रेडक्रस सोसाईटी प्युठानका मन्त्री दामोदर शर्मा,प्युठान उद्योग बाणिज्य संघका नबनिर्वाचित अध्यक्ष केदारमान कक्षपती लगायतको उपस्थिती रहेको थियो । मंगलवार साझ भएको आगलागीले काउले गाउँको ५ घरधुरीका ३ दर्जन बढी सदस्य घरबार विहिन बनेका छन् । आगलागीबाट घरमा भएको सम्पूर्ण धनमाल जलेर खरानी भए पछि अहिले त्यहाँका पिडितहरु छिमेकीको घरमा बस्न बाध्य भएका भएका छन।स्थानिय तिले,रमेश,लाली,लंक र रुम बहादुर सार्किको घरमा आगलागी हुँदा झण्डै बीस लाख बराबरको धनमाल जलेर नष्ट्र भएको प्रहरीले बताएको छ। आगलागीबाट एउटा ब्याउने भैंसी सहित ३ वटा बाख्रा समेत मरेको स्थानियले बताएका छन भने थुप्रै पशुचौपाया घाईते छन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend