logo
  • सोमबार, असोज १२ २०८३

खड्क देवि मावि तुन्डाडाको वार्षिकोत्सव सकियो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ पुष ११ ।
श्री खड्क देवि माध्यमिक विद्यालय बडिगाड गाउँपालिका वडा नं. १ तुन्डाडाकोे ५८ औं वार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न भएको छ।

३ दिन सम्म चलेको वार्षिकोत्सवको समापन गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले गुणस्तरीय शिक्षाको लागि शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने वताउनु भएको छ। राज्यको शिक्षा क्षेत्रमा ठूलो लगानी भएपनि उचित प्रतिफल प्राप्त नभएको भन्दै सवैलाई आफ्नो जिम्मेवारी सहिकिसीमले वहन गर्न आग्रह गर्नुभएको थियो। कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष वोम वहादुर थापा, स्रोत व्याक्ति चिरन्जीवी पौडेल, कार्यपालिका सदस्य सोमन्ता सलामी, केदार नेपाली, वडा सदस्यहरु नरेन्द्र घर्ति, अनिल गिरि, पूर्व विद्यालय व्यावस्थापन समितिका अध्यक्ष नेम वहादुर भुजेल, नेपाली काग्रेसका प्रेमलाल पोखरेल, त्रिभुवन माविका शिक्षक प्रेम खरेल, युवा नेता दिनेश थापा, दगातुन्डाडा स्वास्थ्य चौकीका प्रमुख यान वहादुर श्रेष्ठ लगाएतले वोल्नुभएको थियो।

विद्यालयको भावि कार्यक्रम सहितको आर्थिक तथा प्रगति प्रतिवेदन प्रधानाध्यापक वेद प्रसाद पोखरेलले प्रस्तुत गर्नुभएको थियो। विहान प्रभातफेरीवाट सुरुभएको कार्यक्रममा सरस्वती पुजा, पिटि प्रदर्शन, अभिभावकहरुको कुर्सिदौड प्रतियोगिता, अन्तरसदनात्मक मावि स्तरीय रेकर्ड नृत्य प्रतियोगीता लगाएतका कार्यक्रमहरु सम्पन्न भएका छन्।

कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष भिमसेन वनको अध्यक्षता, सहायक प्रधानाध्यापक ऋषिराम भण्डारी तथा विद्यार्थी हिमाल परियारको स्वागत मन्तव्य तथा शिक्षक कमल खरेलको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend