साझा नेटवर्क
अनिल खत्री, गुल्मी पुष ११ ।
गुल्मीमा नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्रधिकारण केन्द्रिय आयोजनामा स्थानिय तहका पदाधिकारी बिच पुरनिर्माण सम्बन्धी समझदारी भएको छ ।
सोमबार र मंगलवार गुल्मीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यन्वयन इकाई र जिल्ला कार्यान्वयन इकाईको आयोजनामा स्थानिय तहका पदाधिकारीसँग अन्र्तक्रिया कार्यक्रम राखिएको थियो ।जिल्लका १२ वटै स्थानिय तहका प्रमुखहरु सहितको कार्यक्रमले पुननिर्माणको कामलाई समन्वय एबं सहयोग गर्ने गरि समझदारी गरेका हुन् ।
०७२ सालको भुकम्प पश्चात नेपाल सरकारले पुन निर्माणका लागि पुर्ण रुपमा घर क्षती भएकाहरुका लागि गरिएको अनुदान र आगामी अबस्था बारे जानकारी लिने उदेश्यले कार्यक्रम राखिएको कार्यक्रमले स्थानिय तह बिच निर्माण र आगामी कार्य योजनाको लागि समझदारी गर्दै सम्पन्न गरेको हो । राष्ट्रिय पुननिर्माण प्रधिकारण र स्थानिय तह बिच भएको समझदारी पत्रमा प्राधिकरणले गाउँ नगरपालिकामा इन्जिनियर,सब–इन्जिनियर,असिष्टेण्ट सब–इन्जिनियर र डकर्मी आबश्यकता अनुसार खटाउने लगायतका ११ बुदे सहमती गर्दै २ दिने कार्यक्रम सम्पन्न गरेको छ ।
आगामी निर्माण र अरु बिभिन्न समस्या समधान गर्नको लागि आबश्यक पहलकदमी गर्ने गरि जिल्ला कार्यान्वयन इकाईको आयोजना निमित्त प्रमुख पारस पन्थी र जिल्ला स्थित बिभिन्न स्थानिय तहका प्रमुखहरु बिच समझदारी गरेका हुन् ।जिल्ला निर्माण गर्नु पर्ने संरुचनाहरु केकति काँकी र अबको स्थानिय तहको भूमिका सम्बन्धमा आगामी रणीनितीका लागि स्थानिय तहबिच समझदारि भएको नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्रधिकारण केन्द्रिय निर्देशक गणेशराज वस्तीले बताए । जल्लामा कुल ४ हजार १४४ जनाको पुर्ण रुपमा घर क्षती भएको तथ्याङक छ ।
जस मध्ये ३ हजार ९३४ लाभग्राहीहरुले पहिलो किस्ता लिईसकेका छन् । कार्यलयबाट दोस्रो किस्ता लिनेको संख्या भने १ हजार ९सय २ रहेको छ । अन्तिम किस्ता लिनेको संख्या भने अत्याधिक न्यून ७ सय ३० रहेको छ । पुर्ण रुपमा क्षती भएका घरहरुलाई निर्माण गर्ने भन्दा पनि पुर्ण लाभग्राहीहरुबाट हामीहरु छुटयौ भन्दै गुनासो फारम भर्नेको संख्या भने १ हजार ७१४ जना रहेको तथ्याङकमा उल्लेख रहेको छ । जसमा ५सय ४३ जनाको फस्यौट भईसकेको कार्यालयले जनाएको छ ।


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend