साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी पुष ९ ।
निजि आवास पुनर्निर्माण सम्बन्धि अभिमुखिकरण तथा समिक्षा गोष्ठी तम्घासमा शुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यन्वयन इकाई र जिल्ला कार्यान्वयन इकाईको आयोजनामा अन्तरक्रियाको आयोजना गरिएको छ । जिल्लाका सवै स्थानीय निकायका प्रमुख प्रतिनिधिको कार्यक्रममा सहभागिता रहेको छ ।

कार्यक्रममा केन्द्रिय आयोजना कार्यान्वयन इकाईका निर्देशक गणेश वस्तीको स्वागत तथा पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य बिस्नु बहादुर भण्डारीले प्राधिकरणको नीति तथा कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । त्यस्तै जिल्ला आयोजना कार्यान्वयन इकाई गुल्मीका निमित्त आयोजना प्रमुख इन्जिनियर पारस पन्थी र जिल्ला कार्यान्वयन इकाई (भवन) पाल्पाका निमित्त आयोजना प्रमुख इन्जिनियर उमेश चौधरीले कार्यालयको तर्फबाट भएका कार्यक्रम तथा प्रगतीको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा पुनर्निर्माण प्राधिकरणको तर्फबाट उपसचिव मनोहर घिमिरे र गुल्मीका सबै स्थानीय तहको तर्फबाट १०/१० मिनेटको प्रस्तुतीकरण रहेको थियो । साथै कार्यक्रममा स्थानीय तहमा जिम्मेवारी हस्तान्तरण र स्थानीय तहको पुनर्निर्माण कार्ययोजनाका बारेमा सामुहिक छलफल गरिएको थियो ।

भवन प्रवलीकरण, निर्मित भवन सुधार, भवन निर्माण सहिता कार्वान्वयन तथा एकीकृत बस्ती बिकासका बारेमा पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य बिस्नु बहादुर भण्डारी, आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक गणेशराज वस्ती र केन्द्रिय उपआयोजना निर्देशक झपरसिह विकले जानकारी गराएका थिए ।
कार्यक्रममा ५ न प्रदेश विशेष अधिकार समिति सभापति कमलराज श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भुकम्प गएको तीन चार बर्ष पछि दुखले बनेका घरको मापदण्ड खोजेर जनतालाई दुख नदिन आग्रह गरे ।
कार्यक्रम जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्षमन पराजुलीको अध्यक्षता र जिल्ला आयोजना कार्वान्वयन इकाई गुल्मीका लेखा प्रमुख दधिराम मरासिनीको संचालनमा सप्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend