साझा नेटवर्क
बुटवल, पुष ९।
मदन भण्डारी अध्ययन केन्द्र रुपन्देही र माक्र्सवादी अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको सहकार्यमा १२५ औ माओ जयन्तीका अवसरमा विचार गोष्ठी हुने भएको छ ।
नेकपाको एकता अवसर र चुनौति बिषयक बिचार गोष्ठीमा नेकपा स्थायी कमिटी सदस्य तथा माक्र्सवादी बिचारक कमरेड घनश्याम भुसाल र प्रदेश नम्बर ५ का सचिव जगप्रसाद शर्माले प्रमुख वक्ताको रुपमा रहेको आयोजकले बताएका छन ।
कार्यक्रममा बिषयबस्तुमा रहेर प्रतिष्ठानका अध्यक्ष तथा प्रदेश कमिटी सदस्य पुरन गुरुंगले कार्यपत्र प्रस्तुत गर्नु हुनेछ भने केही टिप्पणीकारहरुले कार्यपत्रमाथि सुझाव पेश गर्नु हुने छ ।
बिहान ११ बजे पुष्पलाल स्मृती भवन बुटवल सुखानगरमा कार्यक्रम राखिएको छ र एकिकृत पार्टीका जिल्लाभरका करिब ४०० बढि कार्यकर्ता सहभागि हुने बताईएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend