साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी पुष ९ ।
महेन्दै आदर्श माबि मुनपा ७ वामीले आफ्नो ६० बर्ष पुगेको उपलक्ष्यमा आयोजना गरेको हीरक महोत्सबको प्रचार प्रसारको कार्यलाइ तिव्र बनाइदै छ ।महोत्सबको साथसाथै बिद्यालयले आयोजना गरेको श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञान महायज्ञको तयारीको निम्ती बिभिन्न समिति गठन तथा प्रचारप्रसार कार्य अघि बढीरहेका छन् । महायज्ञको माध्यमबाट बिद्यालयले ५ करोड रकम संकलन गर्ने लक्ष्य राखेको छ ।
सो रकम बाट बिद्यालयमा इन्जिनीयरीङ्ग सहितको प्राविधिक शिक्षा सञ्चालन गरीने छ । प्राविधिक शिक्षा बिना अबको देश र समाजको बिकास पनि सम्भव नभएको साथै अहिलेको शिक्षा ब्यवहारीक नभएको भन्दै बिभिन्न क्षेत्रबाट आवाज उठीरहेको समयमा बिद्यालयले प्राविधिक शिक्षा सञ्चालनको निम्ती पहल थालेको हो ।
हालसम्म महोत्सब तथा महायज्ञको निम्ती मुल आयोजक समिति, कार्यकारीणि समिति, कार्य सम्पादन समिति र सल्लाहकार समिति गरी मुख्य ४ समिति र सो समितिहरुको मातहतमा रहने गरी अन्य ३३ वटा उपसमितिहरु गठन गरीएको छ । सो महायज्ञमा प्रमुख बाचकको रुपमा भागवत भाष्कर पण्डित श्री कमलनयन गौतमलाइ चयन गरीएको मुल आयोजक समितिका अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिए ।
त्यसैगरी महोत्सबमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपि शर्मा ओलीलाइ ल्याउने गरी तैयारी पनि थालिएको छ । महोत्सबको प्रचार प्रसारको लागि निमन्त्रण कार्ड साथै ब्रोसर, पम्प्लेट, होर्डिङ्ग बोर्ड, स्टीकरहरु तयार भइ पर्याप्त प्रचारको काम पनि थालीएका बिद्यालयका प्रअ बुद्धि प्रसाद शर्माले बताए ।
यसैबिच महोत्सब सुरु हुन दुइ महिना भन्दा बढी बाँकी छँदै बिद्यालयको लागि ७५ लाख बराबरको अर्थ संकलन भएको छ । मुसिकोट नगरपालिकाले ५० लाख रकम दिने भएको छ भने अन्य दाताहरुबाट गरी सो अनुसारको रकम संकलन भएको हो ।
महोत्सबमा सहयोग गर्ने सहयोगीहरुलाइ उहाँहरुको सहयोग राशी अनुसार सम्मान गरीने छ । जस अन्तर्गत ५५ लाख भन्दा माथि सहयोग गर्ने दातालाइ बिद्यालयको बाटीकामा दानवीर वा दानवीरले इच्छाएको ब्यक्तिको पुर्णकदको शालिक निर्माण गर्ने जनाएको छ ।
त्यसैगरी ४० लाख देखी ५५ लाख सम्म सहयोग गर्ने दाताको परिवारका ४ सदस्यलाइ हेलिकप्टरबाट नगरपरिक्रमा गराइ मञ्चमा ल्याइ सम्मान गर्ने, बिद्यालयमा दानवीर वा इच्छाएको ब्यक्तिको अर्धकदको शालिक निर्माण गरीने लगायतका सम्मान प्रदान गरीने बिद्यालयले जनाएका छ । त्यसैगरी अन्य राशीअनुसारका सम्मानको ब्यबस्था गरीएको छ ।
बिद्यालयले आगामी फाल्गुण १३ गतेदेखी २० गतेसम्म हीरक महोत्सब आयोजना गरेको छ । र सबैलाइ सहयोग गर्न पनि आग्रह गरेको छ । बिद्यालयले महोत्सबको लागि करिब ५ हजार निमन्त्रणा कार्ड बाँड्ने तथा बिभिन्न मिडिया, सामाजिक सञ्जाल मार्फत प्रचार गर्ने भएको छ ।
हाल कक्षा १२ सम्म अध्ययन हुँदै आइरहेको बिद्यालयले छुट्टै भवनमा अँग्रेजी माध्यमको कक्षा पनि सञ्चालन गर्दै आइरहेको छ । निकट भविष्यमा प्राविधिक शिक्षा सञ्चालन गर्ने ध्येयका साथ यस बिद्यालयको सम्पुर्ण टिम, तथा अन्य सरोकारवाला शिक्षाप्रेमी बिद्यालयप्रेमीहरु लागि परेका छन् ।
यसैबिच सोमबार प्रचारप्रसार समितिको बैठक बसी बिभिन्न निर्णयहरु गर्दै जिम्मेवारी बाँँडफाँड पनि गरीएको छ । तेजेन्द्र जिसीको संयोजकत्वमा २० सदस्यीय प्रचारप्रसार समिति गठन गरीएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend