logo
  • शुक्रबार, असोज ९ २०८३

जेनिशा तामाङ बनिन प्लानेट नेपाल २०१८ को बिजेता


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ, पुष ७ ।
जेनिथ मिडियाले आयोजना गरेको प्लानेट नेपाल २०१८को बिजेता बन्न सफल भएकी छिन काठमाडौँ बालुवाटारकि १३ बर्षीय जेनिशा तामाङ, बिजेताको ताज संगै नगद रु ५०,००० र काठमाडौं पोखरा काठमाडौं हवाई टिकट समेत जित्न सफल भएकी छिन ।

उनले बिजेताको ताज संगै बेष्ट सोसियलको अवार्ड समेत टाईटल जित्न सफल भएकी थिइन् । निर्णायक मण्डलीको अन्तिम प्रश्नलाई उत्कृष्ट ढंगले उत्तर दिदै तथा मनमोहक प्रस्तुतिको साथमा उनले उक्त बिजेताको ताज पहिरहन सफल भएकी थिइन् ।

युनिभर्स स्कुल बालुवाटारमा ८ कक्षामा अध्यनरत छात्र जेनिशा तामाङ बिद्यालयमा समेत राम्रो बिद्यार्थीको रुपमा चिनिएकी छिन्। तेज दिमाग भएकी जेनिशा तामाङ पढाइ संगै अन्य आन्तरिक क्रियाकलाप समेत उत्तिकै उत्कृष्ट रहेको उनका समाजसेवी बाबा बिनोद तामाङले बताए ।

स्थायी घर शिवपुरी ५ नुवाकोट भई काठमाडौँ महानगरपालिका बालुवाटार बसोबास गर्दै आएकी प्लानेट नेपाल २०१८को बिजेता जेनिशा तामाङ भविष्यमा चर्चित मोडल नायिका तथा समाजसेवी बन्ने चाहना लिएकी छिन् । छोरी जेनिशा तामाङले प्लानेट नेपाल २०१८ बाट विनरको उपाधि हात पार्दा घर परिवार तथा समाजमा खुसियाली छाएको आमा जुना तामाङले बताइन ।

युवा समाजसेवी समिर खानको प्रेरणा तथा हौसलाको साथमा युवा पर्यटन ब्यबसायी बिनोद तामाङको लगनशीलताको प्रतिफल स्वरुप छोरी जेनिशा तामाङको जितको कारणले गर्दा सम्पूर्ण बिद्यालय परिवार लगायत समाजमा नै खुसियालीको रंग भरेको कुरा बाबा बिनोद तामाङ बताउछन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend