logo
  • सोमबार, असोज १२ २०८३

नव प्रतिभा वचत तथा ऋण सहकारीको वार्षिक साधारणसभा हुने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ पुष ७ ।
नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङको २२औं वार्षिक साधारण सभा पौष २८ गते हुने भएको छ ।

सहकारीको संचालक समितिको वैठकले पौष १४ गते गोष्ठी संचालन गर्ने, पौष २१ गते संचालकको वैठक वस्ने तथा २८ गते साधारण सभा गर्ने निर्णय गरेको हो।

त्यस्तै वैठकले प्रवन्धक तथा सचिव दुर्गा अर्यालकोले प्रस्तुत गरेको मासिक प्रतिवेदन अनुमोदन गरेको छ। साधारण सभा अगावै भाका नाघेका ऋणिहरुको ऋण असुली गरिसक्ने, जिल्ला वचत तथा ऋण सहकारी तथा जिल्ला सहकारी संघको वार्षिक साधारण सभाको लागि प्रतिनिधि छनौट गर्ने लगाएतको निर्णय गरेको छ।

वैठक सहकारीका अध्यक्ष होमनाथ अर्याल को अध्यक्षता, उपाध्यक्ष विष्णु भुसालको स्वागत मन्तव्य तथा सचिव दुर्गा अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend