साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी पुष ७।
गुल्मीमा घाइते अवस्थामा पोथी चितुवा फेला परेको छ । जिल्लाको छत्रकोट गाउँपालिका १ हुँगास्थित टाटिम जंगलमा दुम्सिलाई थापेको पासेमा परेर चितुवा घाइते भएको हो । शुक्रबार साझँ स्थानीयले छटपटाउदैँ गरेको चितुवा देखेर प्रहरीलाई खबर गरेका थिए ।
त्यस लगत्तै प्रहरीले डिविजन बन कार्यालय गुल्मीलाई खबर ग¥र्यो । पासोमा परेको चितुवाको उद्धारको लागि बन कार्यालयले चितवन राष्ट्रिय निकुञ्जसँग सम्पर्क ग¥यो । राति करिब २ बजे हुँगा आइपुगेको टोलिले चितुवालाई बोहोस बनाई तम्घास ल्याएका थिए ।
कम्मरमा धेरै नै चोट लागेको चितुवाको प्राथमिक उपचारपछि आज बिहान थप उपचारको लागि चितवन पठाइएको डिविजन बन कार्यालयका नायब सुब्बा नविन पन्थीले बताए । उपचारपछि चितुवालाई राष्ट्रिय निकुञ्जमा छोड्ने वा चिडियाखानामा राख्ने पन्थीले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend