साझा नेटवर्क
दाङ, पुष ६ ।
दाङमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । तुलसीपुर उप-महानगरपालिका वडा नं. ३ राम्रीको भीरबाट बस खस्दा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

तुलसीपुर सल्यान सडक खण्डमा पर्ने राम्री भन्ने स्थानबाट बा ४ ख ९७६६ नं. को बस ७ सय मिटर तल खसेको ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रेम शाहीले बताउनुभयो । घटना स्थलमा ९ जनाको शव फेला परेको छ ।
बसमा ९ जना महिला र २१ जना पुरुष रहेको कपुरकोट प्रहरीले जनाएको छ। यद्यपि, दुर्घटनाको पूर्ण विवरण आइसकेको छैन। दुर्घटनाका विषयमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। तीब्र गतिमा रहेको बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend