logo
  • सोमबार, असोज १२ २०८३

फोटो पत्रकार महासंघ प्युठानको अध्यक्षमा रिजाल सर्वसहमत


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३


साझा नेटवर्क,प्युठान पुष ५ ।
फोटो पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको गठन गरिएको छ । आज सम्पन्न फोटोपत्रकारहरुको भेलाबाट अध्यक्षमा सागर रिजाल चयन भएका छन् । प्युठानमा पहिलो पटक गठन भएको भेलाले रिजाललाई सर्वसहमत अद्यक्षमा चयन गरेको हो । फोटो पत्रकार महासंघ नेपालका केन्द्रीय सचिव बालकृष्ण थापा र नेपाल पत्रकार महासंघ प्यूठानको समन्वयमा ७ सदस्य तदर्थ समिति गठन गरिएको हो ।
महासंघको उपाध्यक्षमा राधिका भुसाल,सचिव शम्सेर विक्रम जिसी,सहसचिव सृजना सेन , कोषाध्यक्ष मधुसुदन पोख्रेल र सदस्यहरुमा बोम बहादुर परियार,राजेश जि सी चयन भएका छन । २०७४ सालमा स्थापना भएको फोटो पत्रकार महासंघले ३४ औ शाखाको रुपमा प्युठानमा गठन गरिएको हो ।
महासंघका केन्द्रीय सचिव थापाले फोटो पत्रकारलाई चुनौतिको साथै अवसर पनि रहेकोले यस्को महत्व रहेको बताए । उनले भने,‐‘ फोटो आफै बोल्ने भएकाले प्रमाणको लागि बलियो आधार बन्न सक्छ । ’ साथै उनले महासंघले फोटो पत्रकारका लागि विमा क्यामराको विमा बनाउन पहल गरिरहेको बताए ।
नेपाल पत्रकार महासंघ जिल्ला साखा प्युठानका उपाध्यक्ष एलवि थापाले फोटो वलियो प्रमाण भएकाले फोटो खिच्ने शैलीको विकास गर्नको लागि तालिम संचालन गर्नुपर्ने बताए । उनले भने,‐‘फोटो पत्रकारले सबै संग सहकार्य गरि काम गरोस । ’ अध्यक्षमा चयन भएका पत्रकार रिजाल लामो समयदेखि नयाँपत्रिका,कामना डेली लगायतका संचार माध्यममा आवद्द छान ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend