साझा नेटवर्क
-रवि किरण अधिकारी ।
१८ हजार मोरे तिनको समस्या हल गरेको छैन भनेर विप्लब पार्टीले आफ्नो अडान छोडेका छैनन् । उनिहरुको समस्या हल गर्नुपर्छ । राजाले फेरी संख फुक्दै छन् यस्मा को-को सामिल हुन्छन हेर्न बाकी छ ।
ढकालको गल्तिले देश बर्बाद गर्न तिर नजाउ यो नेपालीको हतारले फेरी जनताले दु:ख पाउला नेतालाइ हुने केहि होईन दु:ख हामी सिधा सादा जनतालाइ हो । त्यसैले सबैले ऋषि मुनिको जस्तो मन गराएर अघि बढ्नुस ५ साल यो सरकारलाइ हेरौ ।
त्यसपछि त जनताले जुनसुकै पार्टी छान्ने अधिकार तपाइँ हामीहरुको हातमा छ । त्यो मतको खेर नफालौ १० अरब खर्च गरेर लिएको यो गणत्रन्त्र अब फेरी राजाको कुरोमा लागेर देश बर्बाद तिर न धकेलौ त्यो ऋण अझै तिरी सकेका छैनन् ।
हामीले राजा माने पनि ५ सालपछि त्यही राजालाइ मानौला तर अरु देशको डीजाईनले नेपालीले दु:ख पाउछ हेर्दै जानुस यो हात बाहिरको छ । जनताले सुखको मूल फुट्ने बेलामा फेरी सानो तिनो कुरोमा अल्झेर देशलाइ पिण्ड तिर नधकेलौ । अहिले त देश नया ट्रयाकमा आउन लागेको छ ।
जनता हतार नगरौ त्यो १० सालको याद गरौ दिसा पिसाब गर्न पनि गाह्रो थियो । जनतालाइ नेताको राजाको पछि नपरौ अब यो सरकारको ५ साल हेरौ त्यपछि जनताले जे गर्छन गर्छन । अहिले यो देशमा जुलुस नाराबाजीको काम छैन, यो नाराबाजी लगाउने समयलाइ बाजो खेतमा आलु फ़लाउनुस गोपी लगाउनुस काम नपाएर यो राजा राम्रो त्यो नेता राम्रो पछि नपर्नुस ।
कानो भएपनि त्यहि छोरा आफ्नो लागि राम्रो हुन, अन्धा भएपनि त्यहि छोराछोरी आफ्नै राम्रो लाग्छ । त्यसैले यो सरकार तपाइँ हामीले बनाएको हो, अरुले बनाई दिएको होईन । अब यस फलको आशा ५ सालको म्याद छ, यो काट्यो अर्को राजा जी आएपनि स्वागत छ, अर्को नेता जी आएपनि स्वागत छ, त्यसैले काम नपाएर जुलुस गर्ने हामी जनता हो।
काम नपाएर देशलाई बर्बाद तिर नलैजाउ सफरको फल मिठो हुन्छ गल्ति मान्छेबाट हुन्छ । अरुबाट हुदैन त्यसैले त्यस्लाई सुधार गर्ने तपाई हामी नै हो बाहिरकोले त राम हेर्नेहो । त्यसैले सत्तामा गएका नेताहरु पनि सहि ढंगले चल्नुहोस, नाइँ भने जनताले घर बास पनि छोड्ने छैनन् यीनि नेपाली जनताहरु झुक्न चाहादैनन यो हेक्का होस् ।
जनताले सुख पाओस भनेर दिएको त्यो भोट चुनावको ऋण सबै नेपालीको थाप्लोमा छ ।हेलीकप्टर, निर्मला पन्तको काण्ड, गाडी,जहाज खरिद सबैको हिसाब जनतालाइ दिनुपर्छ अनेक थरि सुन्नमा आएकोछ, यो सुधार होस् सबै नेपाली जनताको हितमा काम होस ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend