logo
  • सोमबार, असोज १२ २०८३

बलात्कारीलाई पहिलोपटक जन्मकैद होला त फाँसी ?


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेट्वोर्क ,पुष ५ ।
बलात्कार पछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ।  गत असोज ९ मा पोखरा २२ पुम्दिभुम्दिकी श्रेया सुनारलाई बलात्कार गरी हत्या गरेका थिए ।

जिल्ला अदालत कास्कीका न्यायधीश योगेन्द्र प्रसाद शाहको ईजालसले उनलाई जन्मकैदको सजाय सुनाएको हो । पोखरा महानगरपालिका २२ निवासी मिन बहादुर विकको जाहेरीको आधारमा प्रतिवादी स्याङ्जा स्थायी ठेगाना भई पोखरा(२२ कोदी बस्दै आएका २७ वर्षीय पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको हो । पौडेलमाथी भएको जन्मकैदको फैसला नेपालको ईतिहासमै पहिलो फैसला हो कानुन बिधहरुको भनाइ रहेको छ् ।

मुलुकी अपराध एन २०७४ ले ६ किसिमको अपराधलाई जिवित रहदासम्म कैदको व्यवस्था गरेको छ । जसमा बलत्कार पछिको हत्या पनि एक हो । मुलुकी अपराध संहिता ऐन २०७४ दफा ४१ ९च० अनुसार कुसुमले जवर्जस्ती करणी गरी ज्यान मारेको ठहर भएकाले उनी अब जीवनभर जेल बस्नुपर्ने ब्यबस्था छ । बलात्कारपछि हत्या गरेको अभियोगमा २४ घण्टा नपुग्दै पक्राउ परेका कुसुमले अदालतमा आफूले बलात्कारपछि हत्या गरेको बयान दिएका थिए ।

रक्सीमा मात्तिएर १० वर्षीय श्रीयामाथि बलात्कारको प्रयास गरेका उनले पैसाको लोभ देखाएर बाटोभन्दा केही पर लागी बलात्कार गर्न खोजेको स्वीकार गरेका थिए । बलात्कारको प्रयास गर्न खोज्दा श्रीयाले प्रतिकार गरेपछि कुसुमले घाँटी थिची हत्या गरेको बयानमा बताएका छन । त्यसपछि बेहोस भएको थाहा भए लगत्तै उनले ढुंगाले टाउकोमा हानेर उनको हत्या गरेका थिए । उनले त्यसपछि उनको शव बरालहरुको कुल मन्दिरको पुर्वतर्फ जंगलमा फालेका थिए ।

जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्ले,सहायक जिल्ला न्यायाधिवक्ता नवराज रेग्मी र पूर्णप्रसाद शर्माले पौडेलको विपक्षमा बहस गरेका थिए । त्यस्तै उनको पक्षमा वैतनिक अधिवक्ता कृष्णकुमार श्रेष्ठले बहस गरेका थिए । दोषीउपर कडा सजायको माग गर्दै श्रीयाका आफन्तले एकसातासम्म आन्दोलन गरेका थिए । हत्या आरोपमा पौडेल गत असोज १० गते नै पक्राउ परेका थिए । रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend