logo
  • सोमबार, असोज १२ २०८३

कृर्षि फर्ममा रमाउँदै पूर्व सांसद पुन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी पुष ४ ।
पूर्व सांसद दिलशोभा पुन । अहिले प्राय घरमै दिन कटाउँछिन् । सांसदपछिको दैनिकी कृर्षि कर्ममा छ । बारीमा टम्म तरकारी । पशुचौपायले गोठ भरिएको छ । जनप्रतिनिधी बिलासी बने भनेर आलोचना भैरहेका बेला पुनको यो कामले नयाँ सन्देश प्रबाह गरेको छ ।

गुल्मीको धुर्कोट गाउँपालिका १ नयाँगाउँ निवासी पुन २०७० सालको निर्वाचनमा एमालेको तर्फबाट सांसदमा निर्वाचित भएकी थिइन् । अहिलेको नेकपामा उनलाई कुनै जिम्मेवारी छैन । पार्टीको सिद्धान्त पनि श्रम गर्ने र स्वरोजगार बन्ने हो । त्यसैबाट प्रत्सोहित भएर आफूले पशुपालन ब्यवसाय सुरु गरेको पुनले बताइन् ।

‘पार्टीको सिद्धान्त नै आफै श्रम गर्ने हो, नेता सिद्धान्तबाट चले कार्यकर्ताले त्यहि सिक्छन्,’ उनले भनिन्, ‘पदमा रहुञ्जेल जनताको सेवा गरियो, अहिले पनि सामुदायिक शिक्षाकै लागि कृषि कर्म थाले ।’ अहिले पुनले टर्की, लोकल कुखुरा, गाई र बाख्राको व्यावसाय शुरु गरेकी छन् ।

जिल्लादेखि केन्द्रसम्मका धेरै सभा सम्मेलनमा सभामा देखिने अनुहार अहिले गाउँमा साँघुरिएको छ । गत बर्षको गुल्मी महोत्सवमा टर्की देखेकी उनले अहिलेबाट टर्कीको व्यावसाय शुरु गरेकी छन् । अहिले पुनकोमा १० टर्की छन् । जसमध्ये दुर्ई पोथी र बाँकी आठ भाले छन् ।

छिटो उत्पादन र बढी मूल्य पर्ने भएकोले ब्यवसायीक टर्की पालन सुरु गरेको उनले बताइन् । अहिले भैरहवामा टर्कीको मासु प्रति केजि १२ सय, चितवनमा १८ सय र बुटबलमा १२ सय पर्छ । तर उनले टर्कीको मासु प्रति केजि एक हजारमा विक्रि गरेकी छन् । ‘गाउँमै टर्की पालनको सम्भाब्यता अनुमान गरे, स्वास्थ्यबर्दक पनि रहेछ,’ पूर्वसासंद पुनले भनिन्, ‘अझै व्यबस्थित गरेर काम गर्ने हो ।’

पूर्व सासंद पुनले टर्की मात्र होइन, स्थानीय जातका कुखुरा पनि पाल्दै आएकी छन् । डेढ सय लोकल कुखुरालाई उनले ब्यवस्थित खोरमा बनाएर पालेकी छन् । गाउँमै विक्रि हुने र बजारको समस्या नहुने लोकल कुखुराको मूल्य प्रतिकेजि अहिले आठ सय ५० पर्छ । कुखुरा किन्न तम्घासबाट समेत ब्यपारीहरु आउने गरेको उनले बताइन् ।

‘पहिले गाउँमा कसैले पनि कुखुरा पाल्ने थिएनन्’ मैले शुरु गरे अहिले धेरैकोमा छन्, ‘मैले त सिकाउनकै लागि पनि व्यावसाय गर्नुपर्नेछ ।’ उनकोमा अहिले १८ बाख्रा छन् ।
जसमध्ये तीनवटा बोका छन् । माउ १० ओटा छन् भने अन्य साना पाठापाठी छन् ।

त्यस्तै गाईपालनबाट दैनिक १० माना दुध उत्पादन हुन्छ । तर बजारको समस्या छ । पहिले तम्घास पठाउने भएपनि अहिले त्यो छैन । भने विद्यालयमा निशुल्क खाजाको व्यवस्था भएपछि गाउँकै एक विद्यालयले केहि दुध लैजाने उनले बताइन् ।

अहिले सवै व्यावसायमा लागनी मात्रै गरेर मासिक एक डेढ लाख कमाई गर्ने गरेको भएपनि अझै व्यावस्थापन गरेर लगानी गर्ने सोचमा रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend