logo
  • सोमबार, असोज १२ २०८३

विद्यार्थीहरुलाई विद्यालयमै निःशुल्क खाजा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी पुष ०३।
पाञ्चायन माध्यमिक विद्यालय धुर्कोट गाउँपालिका ४ जैसिथोक गुल्मीका विद्यार्थीहरुलाई दिवा खाजाको ब्यवस्था गरिएको छ । विद्यालयमाा रहेका कक्षा शिशु देखि पाचँ सम्मका विद्यार्थीहरुलाई सोमबारदेखि दिवा खाजाको ब्यवस्था गरिएको हो ।

वडाध्यक्ष मानबहादुर कुँवरले विद्यार्थीलाई खाजा खुवाउदै दिवा खाजाको उद्घाटन गरे । खाजा प्रदान गर्दै अध्यक्ष कुँवरले विपन्न परिवारका बाल-बालिकाहरु बढी लाभाम्बित हुने बताए । विद्यालयले प्रत्येक बार फरक–फरक परिकारका खाजा खुवाउने प्रध्यानाध्यापक कृष्ण चन्द्र पन्थीले जानकारी दिए ।

जसअन्तरगत अण्डा, सुख्खा रोटी, हलुवा, खिर, पुरी लगायतका परिकार खुवाईनेछ । एकजना विद्यार्थीलाई एक दिनमाा १५ रुपैँया बराबरको खाजा १८० दिनसम्म उपलब्ध गराउने पनि विद्यालयले जनाएको छ ।

विद्यालयमै निशुल्क खाजाको ब्यवस्था गरेसँगै विद्यार्थीहरु विद्यार्थी जान उत्साहित हुने, अभिवावकलाई पनि पठाउन सजिलो हुने, विद्यार्थीको रकम बचत हुने तथा अभिवावक पनि खाजा बनाएर पठाउनुपर्ने झन्झन्टबाट मुक्त भएको प्रध्यानाध्यापक पन्थीले जानकारी दिए ।

अहिले १५० जना विद्यार्थीले दिवा खाजाको सुविधा पाएका छन् । विद्यार्थीहरुलाई विद्यालयमै खाजाको ब्यवस्था गरेसँगै अभिवाकहरु पनि खुसि भएका छन् । ‘घरमा खाजा बनाएर पठाउनुपर्ने वा विद्यालयमा खाए÷नखाएको झन्झट गरिरहनुपरेन । एक अभिवावक भेषराज पोखरेलले भने, ‘यो कार्यक्रम एकदमै सकारात्मक छ ।

विद्यालयमा कम्युटर शिक्षा

त्यस्तै धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्लाले वडाभित्रका सबै प्राथमिक विद्यालयमा कम्युटर शिक्षा प्रदान गर्ने भएको छ । मंगलबार बसेको गाउँ शिक्षा समितिको बैठकले सबै प्राविका लागि कम्युटर खरिद गर्ने निर्णय गरेको हो ।

त्यस्तै सबै विद्यालयमा संचालन गरिएका दिवा खाजालाई ब्यवस्थित बनाउने, शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक, अभिवावक र विद्यार्थीलाई नैतिक शिक्षाको कार्यक्रम पनि संचालन गर्ने निर्णय गरिएको गाउँ शिक्षा समितिका संयोजक हिम प्रसाद पन्थीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend