साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी पुष ३ ।
नेपाल कम्युनिष्ट पार्टी गुल्मीले जिल्लाका सबै स्थानीय तहका अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो । जसअनुसार रेसुङ्गा नगरपालिकामा हरी पोखरेल अध्यक्ष र धर्म विश्वकर्मा सचिव भएका छन् ।
त्यस्तै मुसिकोट नगरपालिकामा खुम बहादुर थापा अध्यक्ष तथा अग्निधर लोहोदी सचिव भएका छन् । कालिगण्डगी गाउँपालिकामा रामजि ढकाल अध्यक्ष तथा मोदिलाल भट्राई सचिव, चन्द्रकोट गाउँपालिकामा चित्र केसी अध्यक्ष तथा प्रेम पराजुली सचिव भएका छन् । सत्यवती गाउँपालिकामा अध्यक्षमा ठगप्रसाद ज्ञवाली र सचिवमा जितु तरामु रहनुभएको छ ।
त्यस्तै रुरु गाउँपालिकाको अध्यक्षमा चन्द्रमणी गौतम तथा सचिवमा नारायण पौड्याल, छत्रकोट गाउँपालिकाको अध्यक्षमा रामप्रसाद पाण्डे तथा सचिवमा पिताम्बर अर्याल, गुल्मीदरबार गाउँपालिकाको अध्यक्षमा विष्णु गौतम तथा सचिवमा यमलाल पाण्डे, मालिका गाउँपालिकाको अध्याक्षमा देविराम अर्याल तथा सचिवमा रंगमाया पुन सचिवमा मनोनित भएका छन ।
मदाने गाउँपालिकाको अध्यक्षमा प्रेम केसी तथा सचिवमा झविन्द्र बहादुर घर्ती र धुर्कोट गाउँपालिकाको अध्यक्षमा गोपाल कुँवर तथा सचिवमा चन्द्र विक भएको नेकपाका जिल्ला अध्यक्ष बालसिंह काउछाले जानकारी दिए ।
पार्टीले जिल्लाबाट पठाएका नाम प्रदेश कमिटीले अनुमोेदन गरेपछि जिल्लाका स्थानीय तहका अध्यक्ष र सचिवको टुङ्गो लागेको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend