logo
  • सोमबार, असोज १२ २०८३

दाङको लमहीमा जन्ती चढेको जीप दुर्घटना


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेट्वोर्क, बुटवल मंसिर २७ ।
बेहुली लिएर फर्किदै गरेको जीप र यात्रु बस आपसमा ठोक्किँदा दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु भएको छ।

चितवनको गितानगरबाट बेहुली लिएर बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र  बिपरित दिशातर्फ देखी आउँदै  गरेको ना ५ ख ४०९० नम्बरको बस आज बिहान एक आपसमा ठोक्किएका हुन् ।

मृत्यु हुनेहरुमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दीपककुमार खड्का र बाँकेको कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

मानबहादुर केसी र विमला खत्री बेहुलाका आमा-बुवा हुन् । दुर्घटनाग्रस्त जीप र बस दुर्घटनामा बेहुलाकै आफन्त ४५ वर्षीया गितादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । उनीहरुलाई उपचार गर्न बाँकेको कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

बेहुला र बेहुली भने अर्काे गाडीमा थिए । बुवा-आमा र आफन्त चढेको जीप भने विपरित दिशाबाट आइरहेको बससँग ठोक्किएको हो । बसका यात्रुहरु भने सकुशल छन् । शवलाई लमही अस्पतालमा राखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend