साझा नेटवर्क
अर्जुन खनाल, नयाँ दिल्ली भारत आषाढ २३ ।
२०२ औं भानु जयन्तीको अवसर पारेर भारतको राजधानी दिल्लीमा रहेको स्वाभिमान ट्रष्टले कविता वाचन प्रतियोगिता आयोजना गर्ने भएको छ । हरेक बर्ष प्रतियोगिताको आयोजना गर्दै आएको उक्त संस्थाले यसबर्ष पनि १० जुलाई २०१६ का दिन उक्त प्रतियोगिता आयोजना गरेको जानकारी गराएको हो ।
नेपाली भाषाको प्रवर्द्धन गर्नु नै मुख्य उदेश्य रहेको स्वाभिमानका पदाधिकारीहरु साझा नेटवर्कलाई बताउछन । दिल्ली तथा दिल्ली एन सि आरमा बसोबास गर्ने गोर्खाली एवम् नेपाली भाषीलाई संस्थाले प्रतियोगितामा उपस्थित भएर भाग लिन आह्वान पनि गरेको छ । प्रतियोगी जनाउने ईछुक ब्याक्तिले सिवलाल ज्ञवाली ९८६८३४७८१० मा या अन्य संस्थाका प्रतिनिधिलाई सम्पर्क गरेर थप जानकारी लिन सकिनेछ ।
कार्यक्रममा प्रतियोगी सबैलाई प्रमाणपत्र उपलब्ध गराई प्रथम, द्वितीय र तृतीयलाई उचित पुरस्कारको पनि ब्यवस्था गरेको जानकारी ललिता भण्डारी चौलागाईंले जानकारी गराउदै प्रतियोगितामा भाग लिनेले निम्न कुनै एक बिषयमा स्वरचित कविता बाचन गर्न पाउने छन ।
१. के हो कर्तव्य ?
२. आदि कवि भानुभक्त ।
३.गरीब को सुख।
४. हाम्रो स्वाभिमान ।
५. किसान को कमाई ।
६. देश प्रति कर्तव्य ।
कार्यक्रम एन डि एम सी भवन बङगाली मार्केट मंडी हाउस मेट्रोको पछाडि हुने छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend