logo
  • शनिबार, साउन ९ २०८३

मदिरा नियन्त्रणमा प्रहरी प्रशासनदेखि स्थानीय सरकार प्रतिवद्ध


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

टोपलाल अर्याल, गुल्मी मंसिर २६ ।
प्रत्येक समुदाय र टोलमा मदिरा पाइन्छ । मानिस दुख र सुख दुवैमा मदिरा पिउँछ । यो आदत अहिले समस्या बनिरहेको छ ।
बत्यहि चुनौतिसंग पैंठेजोरी खेल्नुपर्ने बाध्यता इश्मा गाउँपालिकामा रहेको छ । मदिराका कारण बलात्कार, आत्महत्या तथा अन्य सामाजिक अपराध र घरेलुहिंसाका घटना बढ्दै गएपछि प्रहरी प्रशासनदेखि स्थानीय सरकार नियन्त्रणमा प्र्रतिवद्ध देखिएका छन् ।

मदिरा नदिए खेतला नपाउँने स्थिती

इश्मा गाउँपालिका र जिल्ला प्रहरी कार्यालय गुल्मीको आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा इश्मा गाउँपालिका ३ का वडा सदस्य शिर बहादुर कुवंरले मदिरा नदिए खेतला नपाउँने स्थिती औल्याए । उनले मदिराकै कारण समाज अपराध मनोवृतिबाट फस्दैछ गएकाले गाउँपालिकाको कुनै बिशेष स्थानमा मात्रै मदिरा पसल संचालन गर्नुपर्ने सुझाव दिए । त्यस्तै इश्मा दर्लामचौर ३ का गोकर्ण खत्रीले बालबालिकाका शैक्षिक सामग्री उधारोमा नपाइने तर मदिरा पाइने बिडम्बनाले समाज बिग्रदै गएको बताए ।

अपराधिलाई नेताकै प्रोत्साहन

इश्मा गाउँपालिका ३ का राम बहादुर नेपालीले नेताहरुले नै अपराधिलाई प्रोत्साहन गरिरहेको आरोप लगाए । नेपालीले कुनै घटना घटाएर थुनिएको व्यक्ति छुटाउन प्रहरीमा सवैभन्दा बढि फोन नेताहरुलेनै गर्ने गरेको बताए । उनले पहिले यो सवै प्रवृतिको अन्त्य भए मदिरा नियन्त्रणलाई सार्थक बनाउन आफु हप्तौ नभएर महिनौ खट्न तयार रहेको बताए । त्यस्तै इश्मा गाउँपालिका १ नारायण बहादुर कुंवरले राज्यलेनै बैद्य अपराध गरिरहेको आरोप लगाए । कुवंरले समाजमा जिम्मेवार व्यक्तिलेनै राज्यलाई कर तिरेको नाममा बिना समय र क्षेत्रभित्र खुलेआम मदिरा बिक्री गरेर विकृति निम्त्याएको बताए ।

बिकल्प सहितको पेसा परिवर्तनमा जोड

इश्मा गाउँपालिका ६ का कृष्ण बहादुर थापाले घरेलु मदिरा नियन्त्रण गर्दा मदिरा उत्पादन गर्ने परिवारलाई बिकल्प दिनुपर्नेमा जोड दिए । समाजमा गरिखाने अरु कुनै विकल्प नपाएपछि मदिरा उत्पाद र बिक्री वितरण गरिरहेका परिवारलाई जिविकोपार्जन गर्ने वातावरण बनाएर पेसा परिवर्तन गर्नुपर्ने थापाले बताए । इश्मा गाउँपालिका १ का चाम बहादुर सुनारले दलित समुदायले बढि मदिरा सेवन गर्ने र घटना घटाउने प्रवृतिको अन्त्यका लागि सचेतना र आय आर्जनको बाटो स्थानीय सरकारले दिनुपर्ने सुझाव दिए ।

अभियानमा हातेमालो गरौ

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले इश्माका मुद्धाको स्थिती बताउँदा धेरैले जिब्रो टोके । उनले इश्मामा मात्रै पाँच महिनामा मात्रै चार बलात्कार, नौ आत्महत्या, केहि सार्वजनिक अपराध र घरेलुहिंसाका तथ्याङ्क प्रस्तुत गरे । उनले समुदाय–प्रहरी कार्यक्रममा मार्फत अपराध न्यूनिकरणमा आफु प्रतिवद्ध रहेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले यो इश्मा गाउँपालिकाको अभियान भएकाले सवैले आआफ्नो क्षेत्रबाट सफल बनाउनुपर्नेमा जोड दिए । उनले अब पनि यो बिषय अरु कसैको भनेर हेलचेक्राइँ गरिए परिणाम नराम्रो आउने बताए । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले नमुना बनेर देखाउन इश्मा गाउँपालिकाका नागरिकलाई अनुरोध गरे । अपराध र अन्य घटनाको दृष्टीले पनि यसको कारक मदिरा नियन्त्रण अभियानमा इश्माली नागरिक अगाडी लागे आफूहरुको भरपुर सहयोग रहने पौडेले बताए ।इश्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले स्थानीय सरकारले योजनाका साथ मदिरा नियन्त्रणको अभियान शुरु गरेकाले सहयोग पु¥याउन आग्रह गरे । मदिरा उत्पादन नै गरेर परिवार पालेका परिवारलाई बैकल्पिक पेसा र लाइसन भएकालाई कार्यविधी मार्फत व्यावस्थापन गरिने बताए ।

त्यस्तै गाउँपालिका उपप्रमुख विमला खत्रीले मदिरा नियन्त्रणका लागि नागरिकको साथ पाए गाउँपालिकाको नेतृत्व आफुले गर्ने बताइन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले गाउँपालिकाले सार्वजनिक सुचना र कार्यक्रम मार्फत सचेत बनाउँदै गएकाले कार्यविधीको अन्तिम अवस्थामा भएकाले लागु गरेर सवैलाई नियमन गरिने बताए ।

दलहरु पनि गम्भिर छौ

नेपाली कांग्रेसका नेता चन्द्र बहादुर महतले राजस्वको लोभमा गाउँपालिकाले आँखा चिम्लिएर मदिराका लाइसन बेचेका कारण अहिले आफैले चुनौति खेपिरहेको बताए । उनले लाइसन प्राप्त गरेको, विभिन्न प्रथा परम्परा र जिविकोपार्जनको नाममा मदिरा उत्पादन र बिक्री वितरण गर्दा इश्माले बदनाम कमाइरहेको प्रति दुखेसो पोखे ।

‘अव जनप्रतिनिधी र नेतालाई चेतावनी दिएर हैन, अभियान्ता बनेर मदिरा नियन्त्रण गरौ प्रतिपक्ष कांग्रेस पूर्ण प्रतिवद्ध छ,’उनले भने,‘गाउँपालिकाले छिटो कार्यबिधी बनाउनुपर्छ ।’ त्यस्तै नेकपाका नेता नारायण पैयानीले भोट दिएको नाममा समाजमा बिकृति र बिसंगती निम्त्याउन कसैलाई छुट नहुनेमा जोड दिए ।

उनले यो अभियान सफल बनाउन आफु र आफ्नो पार्टी जस्तोसुकै चुनौतिको पनि सामना गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend