साझा नेटवर्क
अनिल खत्री, गुल्मी मंसिर २४ ।
गुल्मीको बडिगाढ खोलामा र्याफ्टिङको गरिएको छ । जिल्लाको सत्यवति गाउँपालिकामा अवस्थित बडिगाड (रूद्रावति) खोलामा र्याफ्टिङको सफल परिक्षण गरिएको हो । सत्यवति गाउँपालिकाले पर्यटन व्यवसायलाई अगाडी ल्याउने उदेश्य स्वरुप चितवनको फिस्लिङबाट मगाइएको मानध्वज गुरुङ नेतृत्वको ५ सदस्यीय गाइड टोलीले प्रारम्भिक निरीक्षण गरेको हो ।
सत्यवति गाउपालिका ५ को, साहाघाटदेखि सत्यवति १ को रुद्रवेणीसम्म करिब ५ किलोमिटर भन्दा बढी दुरीमा र्याफ्टिङ गरी व्यावहारिक परीक्षण सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत यादब भण्डारीले बताए । र्याफ्टिङको परिक्षण कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बोटमा चढेर गरेका थिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीको नेतृत्वमा कर्मचारी टोली सवार भई एक जना गाइडको साथमा उक्त दुरी तय गरिएको थियो । पर्यटनलाई प्राथमिकता दिई अगाडि बढिरहेको सत्यवति गाउँपालिकालाई चिनाउने र आर्थिक उपार्जनको आधारको रुपमा र्याफ्टिङ व्यवसायलाई सञ्चालन गर्ने सोँच रहेको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।
परिक्षण पश्चात फिस्लिङबाट आएको उक्त गाइड टोलीले यस खोला निकै सम्भावनायुक्त रहेको कारण प्रचारप्रसार गरी वाह्य पर्यटकहरुलाई समेत आकर्षित गर्न सकिने भण्डारीले बताए । नदीको बीचका केही ढुङ्गाहरु हटाउन सकेको खण्डमा जोखिमलाई कम गर्न सकिने परिक्षण टोलिले शुझाव दिएका थिए ।






© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend