साझा नेटवर्क
कमल पौडेल, गुल्मी मंसिर २२।
सुरक्षा आमा समुह बडिगाड गाउँपालीका वडा नं. २ राक्सेको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले सचिव खगि थापाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष पार्वती वनले प्रस्तुत गरेको आन्तरीक तथा वाह्य आम्दानी तथा खर्च विवरणको झण्डै ३ लाख वरावरको आर्थिक हिसाव पारित गरेको छ।
कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष हिमा खरेलले सभाको उद्घाटन गर्दै महिलाहरु घरभित्र वाट वाहिर निस्कीएर राज्यलाई पूर्ण रुपमा सहयोग गरेको भन्दै आभार व्यक्त गर्नुभएको छ। महिलाहरुले लैंगिक हिंसा न्यूनिकरण तथा सरसफाई जनचेतनाको सन्दर्भमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गर्नुभएको हो। समाजसेवी सुनिल शेरचनले समाज परिवर्तनको अगुवाई आमाहरुले गर्ने भन्दै सार्थक परिवर्तनको वाहक महिलाहरु नै भएको ठोकुवा गर्नुभयो। कार्यक्रममा बडिगाड महिला तथा वालवालिका सशक्तिकरण केन्द्रका अध्यक्ष विना थापा, रेडियो सारथीका निमित्त स्टेसन म्यानेजर कमल पौडेल, स्थानिय रगुनन्द गिरि लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा स्थानिय जेष्ठ व्याक्तित्व नन्दराम थापा, सुमित्रा थापा र रुवी अर्याल लाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको थियो। सभा आमा समुहका अध्यक्ष विष्णु पुरीको अध्यक्षता, कोषाध्यक्ष पार्वती वनको स्वागत मन्तव्य तथा सचिव खगि थापाको संचालनमा सम्पन्न भएको थियो।
गत वर्षवाट सुरु भएको आमा समुहले नियमित वचत संगै घरेलु हिंसा न्यूनिकरण, सरसफाई, सामाजिक सहयोग लगाएतका काम गर्दै आएको छ। समुहले नै गाउँमा आवश्यक पर्ने भाँडा सेट, कुर्सि तथा वाद्यवादनका साधनहरु खरिद गरेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend