साझा नेटवर्क
अनिल खत्री, गुल्मी मंसिर २२ ।
कृषिमा अधुनिकता ल्याउन भन्दै गुल्मीको एक गाउँपालिकाले ठूलो परिमाणमा मिनिटिलर (हाते ट्याक्टर) को वितरण छ। जिल्लाको सत्यवति गाउँपालिका कार्यपालिकाले आ.ब.०७५/७६ को कृषितर्फको वार्षिक बजेट कार्यक्रमबाट एक कार्यक्रमका बिच कृषकहरुलाई मिनिटिलर (हाते ट्र्याक्टर) को वितरण हो ।
कृषक समूह एवम् व्यावसायिक कृषकहरु लक्षित गरी ५० प्रतिशत अनुदानमा ६१ वटा मिनिटिलर (हाते ट्याक्टर) कृषकहरुलाइ वितरण गरेको गाउँपािलका प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारीले बताए । परम्परागत कृषिलाई व्यावसायिक पेशाको रुपमा विकास गर्ने लक्ष्य अनुरुप कृषि प्रविधिको वितरण गरिएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए ।
उनले गाउँपालिकाले कृषि, पशुपालन र पर्यटनको माध्यमबाट गाउँपालिकालाई आर्थिक रुपले विकसित बनाउने बताए । कृषिमा आधुनिताको प्रबिधि प्रयोग गरेर व्यवसायिक कृषि तर्फ कृषकहरुलाई आकर्षित गर्ने कार्यक्रहरु राखिने बताए । अहिले गरि रहेको कृषिमा आधुनि प्रबिधि प्रयोग गरेर कम लागतमा धेरै उब्जनी बनाउनको लागि गाउपालिकाले आगामी कार्यक्रमहरु समाबेश गर्दै लैजाने ढाकलले बताए ।
गाउँपालिकालाई दुध, मासु, टमाटर, काउली आदिमा आत्मनिर्भर भई निर्यात समेत सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । उनले कृषिको आधुनिकीकरण गरी अन्य अन्नबाली र तरकारीबालीमा समेत निर्यात गर्नुपर्ने अबस्था ल्याउन गाउँपालिकााले आमागी योजना बनाएको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend