logo
  • सोमबार, असोज १२ २०८३

गुल्मी तम्घासको धागीथुममा एक घर जलेर नष्ट


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी मंसिर २० ।
रेसुङ्गा नगरपालिका २ धागीथुमका चुरा बहादुर कुवंरको घरमा आगोलागी भएको छ । आगोले कुवंरको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
बिहिबार दिउँसो साढे ३ बजे आगोलागी भएको हो । लाइटर खेलाइरहेका सोहि घरका ४ बर्षिय छोरा रिजन कुवंरले बिस्तारामा आगो लगाएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख दिपक बस्नेतले बताए । आगोलागी पीडित कुवंरको घरसंगै धेरै मात्रामा खाद्यान्य, लत्ता कपडा र अन्य उपभोग्य सामग्री गरेर प्रारम्भिक करिव सात लाखको क्षति भएको बस्नेतले बताए ।
आगो नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले दमकलको सहायकताले करिव दुई घण्टामा नियन्त्रणमा आएको थियो । बिरभद्र जंङ्ग गुल्मको नजिकको घटना भएकाले नेपाली सेनाले टोलीले तत्काल अन्य मानवीय र केहि भौतिक सम्पति पनि जोगाउन सफल भएको मेजर जनमत बहादुर कार्कीले बताए । अहिले पीडत परिवारको आफन्तकोमा व्यावस्थापन गरिएकाले आवश्कताका आधारमा नगरपालिकाले पनि राहत उपलब्ध गराउने रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend