logo
  • सोमबार, असोज १२ २०८३

रेसुङ्गा क्याम्पसका प्रमुखको कार्यकक्षमा तालाबन्दी


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी, मंसिर २०।
रेसुङ्गा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । अनेरास्ववियू रेसुङ्गा बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रमु्ख हरी बहादुर खत्रीको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
क्याम्पसमा प्रशासनको तर्फबाट भइरहेका गलत क्रियाकलापहरुको बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदा समेत वेवास्था गरेकाले तालाबन्दी गरिएको क्याम्पस कमिटीका अध्यक्ष हुमाकान्त पोखरेलले बताए । सोहि बिषयमा अनेरास्ववियूले मंगलबार क्यामपस प्रशासन र सञ्चालक समितिलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

अनेरास्ववियूले अपादरर्शी ढङ्गले गरिएका आंशिक प्रध्यापक नियुक्ति खारेजी, आर्थिक अनियमितता र प्रध्यापकहरुको गैरहाजिरी लगायतका विषयलाई छानविन गर्नुपर्ने माग राखेर आन्दोन गरिरहेको अध्यक्ष पोखरेलले बताए । कमिटीको ध्यानाकर्षण पत्रमाथि बुधबार सञ्चालक समिति र क्याम्पस प्रशासनबिच वार्ता भएको थियो । तर उक्त वार्तामा क्याम्पस प्रमुख हरी बहादुर खत्री गैर जिम्वेवार ढङ्गले प्रस्तुत भएको भन्दै ताला लगाइएको संगठनले जनाएको छ ।

‘क्याम्पस प्रमुख जस्तो गरिमामय पदमा पदासिन पदाधिकारीको निरिह एवं् गैरजिम्मेवार अभिब्यक्ति दिनुभयो,‘ अनेरास्ववियूका नेता बिमल छन्तेलले भने,‘यसले क्याम्पसको शैक्षिक गुणस्तर, आर्थिक अपारदर्शिता, चुस्त ब्यवस्थापन लगायतका विषयमा क्षति पुग्छ ।’ उनले कमिटीका सवै मागको संबोधन गर्ने निश्चित नभएसम्म ताला नखोल्ने बरु अरु आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने नेता छन्तेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend