logo
  • शुक्रबार, असोज ९ २०८३

सगरमाथा इन्स्योरेन्सको अर्घाखाँचीमा शाखा विस्तार


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हृदय भुुसाल, अर्घाखाँची मङ्सिर १८ ।
२०५१ सालमा स्थापना भएको सगरमाथा इन्स्योेरेन्स कम्पनी लिमिटेडले अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आफनो ७७ शाखाको बिस्तार गरेको छ । कम्पनीले आफुले प्रवाह गर्ने सेवा सुविधाहरुको वारेमा जानकारी दिनको लागी आज पत्रकार सम्मेलन गरि कम्पनीका बिभिन्न कार्य तथा बिमा कम्पनीका सेवासुविधाहरुको वारेमा जानकारी गराएको छ ।
२६ औ वर्षमा प्रवेश गरेको सगरमाथा बिमाले काम गर्दे आएका बिभिन्न बिमाहरु अग्नी बिमा,मोटर बिमा सामुन्द्रिक बिमा, बिबिध बिमा, इन्जिनियरिङ्ग बिमा,हवाई बिमा,वाली बिमा तथा पशुपंक्षी बिमा लघुबिमा बारेमा गर्ने कार्यहरु सेवा सुविधा र प्रकृयाको वारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा मा वोल्दै कम्पनीका क्षेत्रिय निर्देशक गोपाल ज्ञावलीले आफुहरुले गर्ने बिमाको वारेमा प्रकाश पार्दे उहाँले आफनो कम्पनीले कुनै पनि कागजी झनझेट हुन नदिई गरि छिटो र भरपर्दो सेवा प्रवाह गरेकको दावी गर्नुभएको छ ।

ज्ञावलीले सवारी साधनको दुर्घटना भएर आएमा भिआपि कार्ड मार्फत २४ घण्टामै क्षतिपुर्ति वापतको रकम भुक्तानी गर्ने जानाकारी दिदै उहाँले नेपालकै पहिलो बिदेश कम्पनी सँग सयुक्त रुपमा काम गर्दै आएको इन्सोरेन्स भन्दै उहाँले क्षीलँकाको शेयरिङ्गको इन्स्योरेन्स कम्पनी सँग काम गर्दे आएको बताउनु भएको छ ।

सगरमाथा इन्सोरेन्सलाई पोरमोटरको रुपमा ज्योति ग्रुप, गोल्छा अर्गानाईजेसन ग्रुप, साल ट्रेनिङ्ग कर्रोरेसन, नारायणी नेशनल फाईनान्स, रहेको जानकारी दिएका छ ।

क्षेत्रिय प्रमुख जावलीले आफ्नो इन्सोरेन्स कम्पनी नेपालकै दोस्रो बिमा कम्पनी भएको जानकारी गराउदै उहाँले गत वर्ष १ अर्व ८० करोड प्रिमियम संकलन गरेको भन्दै प्रमखुले सगरमाथा बिमा कम्पनी पब्वलिक बिमा रहेको भन्दै उहाँले लगानी कर्तालाई लाभास बितरण गर्दे आएको समेत जानकारी गराउनु भएको छ ।

पत्रकार सम्मेलमा पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम वहादुर जिसी लेकाली, प्रदेश सदस्य अशोक खनाल उपाध्यक्ष गणेश खनाल पत्रकारहरु हृदय सहयोगी बिसी हरि भुसाल श्याम प्रसाद घिमिरे, मुक्तिनाथ भुसालले कम्पनीलाई सफलताको शुभकामना दिनु भएको थियो।

कार्यक्रम गोपाल ज्ञावलीको अध्यक्षता पत्रकार घनश्याम पौडेलको सञ्चालन र शाखा प्रमुख राजन शर्माको स्वागत मनतब्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend