logo
  • सोमबार, असोज १२ २०८३

आमाहरु फोहरमैला फाल्ने प्रति कठोर, सुरुमा चेतना नटेरे कारवाही गरिने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ मंसिर १८ ।
मध्य पहाडि लोक मार्ग अन्तरगतको बडिगाड गाउँपालिका वडा नं. २ राक्से क्षेत्रमा फोहरमैला तथा प्लाष्टीक फ्याँक्न निषेध गरिएको छ। स्थानिय सुरक्षा आमा समुहको पहलमा वडा अध्यक्ष, प्रहरी, पत्रकारको रोहबरमा सिमा क्षेत्रमा व्यानर टाँगी फोहर फाल्न कडाइको सुरुवात गरिएको हो ।
लोक मार्गको स्तरउन्नती संगै रात्रि तथा दिवा धेरै प्रकारका यात्रुवाहक सवारीसाधन चल्न थालेको र गाडिवाट फोहरजन्य पदार्थ जथाभावि फाल्दा दुर्गन्ध फैलिएकोले सो कदम चाल्नुपरेको आमा समुहकी अध्यक्ष विष्णु पुरीले वताउनु भएको छ।पहिलो चरणमा आमाहरुले प्रत्येक यात्रुवाहक गाडिहरुलाई रोकि फोहर नफाल्न सुझाव दिइने र त्यस पछि पनि सुधार नभए जरिवाना सहित कार्वाहि गरिने कोषाध्यक्ष पार्वति वनले वताउनु भयो।
आमाहरुको कामलाई प्रशंसा गर्दै स्थानिय हरुले समेत साथ दिएका छन्। आमाहरुको काम निकै प्रशंसनिय भएको र आफूहरुले पूर्ण साथ दिएको स्थानिय युवनाथ घिमिरेले वताउनु भएको छ।

गत वर्ष स्थापना भएको आमा समुहले समाजमा हुने शुभ कार्यमा सहकार्य गर्दै सहयोग संकलन गर्ने र तिहारमा भैलो समेत खेली संकलन गरेको रकमले स्थानिय आवश्यकतालाई मध्यनजर गर्दै भोजभतेरमा आवश्यक पर्ने भाँडा, कुर्सि लगाएतका सामाग्रिहरु पनि किनेको छ।

आफूहरुले सामाजिक चेतनाको लागि नियमित काम गर्ने तथा संकलित पैसावाट पाटि पौवा निर्माण समेत गर्ने योजना रहेको सचिव खगि कुमारी थापाले वताउनु भएको छ । आमा समुहले हरेक महिनाको १५ गते सरसफाई समेत गर्दै आएको छ।

सो अभियानले वडिगाड गाउँपालिकाको “हरेक महिना एक दिन जनश्रमदान, बडिगाड गाउँपालिकाको जिवन्त अभियान” लाई समेत सहयोग पुगेको भन्दै कार्यवाहक वडा अध्यक्ष हिमा खरेलले खुसि व्यक्त गर्नुभएको छ।

घरायसि काममै रुमलिएका राक्से, काँडेरुख, जिमि क्षेत्रका आमाहरु एकजुट भई सामाजिक कार्यमा अग्रसर भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend