logo
  • सोमबार, असोज १२ २०८३

रेसुङ्गा क्याम्पसको मनोमानी विरुद्ध विद्यार्थीको ध्यानाकर्षण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

गुल्मी, मंसिर १७ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन रेसुङ्गा बहुमुखी क्याम्पस कमिटीले क्याम्पसको मनोमानीका बिरुद्ध प्रशासन र संचालक समितिको ध्यानाकर्ष गराएको छ । क्याम्पसमा विज्ञापन नै नखुलाएर विधिभन्दा बाहिर रहेर अनावश्यक रुपमा प्रध्यापक नियुक्ति गरिएको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको हो ।

अनेरास्ववियु क्रान्तिकारी क्याम्पस कमिटी अध्यक्ष हुमाकान्त पोखरेल र अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष बिमल छन्तेलद्धारा हस्ताक्षर गरिएको पत्रमा मनोमानी ढंगले गरिएका प्रध्यापक नियुक्ति खारेज गरी खुल्ला विज्ञापनबाट नियुक्त गर्ने प्रक्रिया अघि बढाउन भनिएको छ ।

प्रतिस्पर्धाको जमनामा विना कुनै विज्ञापन नियुक्ति गरिनुले आफ्नो संगठन आश्चर्य परेको अनेरास्ववियूले जनाएको छ । त्यसका साथै विदा स्वीकृत नगराई क्याम्पसमा प्रध्यापकहरु गैर हाजिरी भइरहेको विषयप्रति पनि अनेरास्ववियूले ध्यानाकर्षण भएको जनाएको छ ।

क्याम्पस संचालक समितिलाई समेत थाहै नदिई प्रशासनले गरेको प्रध्यापक नियुक्तिले मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट आंगिक हुँदै गरेको प्रक्रियालाई समेत असर पुर्र्याउने संगठनले जनाएको छ । आफूहरुको मागलाई क्याम्पसले वेवास्ता गरेमा जस्तोसुकै कदम चाल्न बाध्य हुने समेत विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै क्याम्पस प्रमुख हरी बहादुर खत्रीले क्याम्पसलाई तत्काल प्रध्यापक आवश्यक परेकोले विधिमै टेकेर नियुक्त गरेको प्रतिक्रिया दिए । त्यस्तै संचालक समिति अध्यक्ष शालिक पन्थीले छलफल र वार्ताको माध्यमबाट समस्याको समाधान खोजिने भन्दै क्याम्पसलाई क्षति पुग्ने कुनै गतिविधि नगर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend