logo
  • सोमबार, असोज १२ २०८३

देउसी भैलोबाट मृगौला पिडितलाई आर्थिक सहयोग हस्तान्तरण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेट्वोर्क, कतार ।
तमु (गुरुङ )समाज ,कतारको संरक्षकत्वमा स्थापित महिला बिभागकी संयोजक श्रीमती दिल कुमारी गुरुङको नेतृत्वमा देउसी भैलोबाट रकम संकलन गरि मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ ।जन्म घर कोल्मा पोखरीछाप, स्याङ्जा भइ कर्मघर पर्बत आर्थर डाडा पुगि हाल लेखनाथ भण्डारिढक निवासी उहाँ अहिले वैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत हुनुहुन्छ । उहाँकै नेतृत्वमा गत सम्पन्न सुभ दिपावलीको पावन अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गरी समाजको लागि आर्थिक सहयोग संकलन गर्नु भएको हो ।

उक्त देउसी भैलो कार्यक्रममा समाजको लागि आर्थिक सहयोग दान स्वरुप दिनु हुने व्यक्तित्वहरु क्रमशः अमित गुरुङ, लक्ष्मण थापा, करन गुरुङ ,कैलास गुरुङ , प्रितम थापा ,हिमाल गुरुङ, बिसो गुरुङले सहयोग गर्नुभएको थियो । स्याङ्जा ,पुतलीबजार -९, कोल्मा बराहका मृगौला पिडित अतित गुरुङको आफन्तबाट संस्थाकी दिल कुमारी गुरुङ लाई आर्थिक सहयोगको लागि नेपालबाट जानकारी सहित अनुरोध आएको हुनाले बिरामीको उपचारमा थप राहत होस् भन्ने हेतुले कतारबाट पठाइएको नेरु ३१,००५ (अक्षेरुपि : एकतीस हजार पाँच रुपैया )मिर्गौला पीडितको परिवारलाई हस्तान्तरण गरिएको छ ।

आफ्नो व्यस्थाताको बाबजुत पनि समय मिलाएर समाजको लागि देउसी भैलो कार्यक्रममा प्रत्येक्ष सहभागी हुनु भै सहयोग गर्नु हुने क्रमस सल्लहाकार बिष्णु गुरुङ (कास्की) , नारायण सिंह गुरुङ(आजिबन सदस्य ) ,तारा गुरुङ (सक्रिय सदस्य ) , महिला हरुमा दिल कुमारी गुरुङ , लक्ष्मी गुरुङ ,पुस्पा गुरुङ र रन्जना गुरुङलाई समाजको नाम रोशन गर्न पिडितहरुको घाउमा मलम लगाउन सहयोग गर्नु भएकोमा समाजले यहाँहरु प्रती बिशेष कृतज्ञता सहित आवर प्रकट गर्दछ ।

साथै नेपालमा रकम हस्तान्तरण गर्नमा समय दिनुहुने संस्थाकी महिला सदस्य प्रतिमा गुरुङ , भुतपुर्ब अध्यक्ष द्वय कृष्ण गुरुङ र खेम गुरुङ, बिभागिय सचिब पम बहादुर गुरुङ , प्रमुख नृत्य निर्देशक भिम प्रसाद गुरुङ लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend