logo
  • शुक्रबार, असोज ९ २०८३

लक्स कामना फिल्म अवार्डस्ः ‘लिलिबिली’ ले चुम्यो सर्वाधिक ५ विधाको अवार्ड


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाडौं,मंसिर १५ ।
लक्स कामना फिल्म अवार्डस् २०७५ भव्य रुपमा सम्पन्न भएको छ। उक्त अवार्ड कार्यक्रम नेपाल समाचारपत्रको सहप्रकाशन सिने मासिक कामनाको आयोजना र सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा शनिबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न भएको हो ।

अवार्ड समारोहको शुरुमै हास्यव्यग्य कला मार्फत योगदान पुर्याएको हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा पर्दापछाडिको कलाकारतर्फ संगीतकार शम्भुुजित बास्कोटालाई कीर्तिमय दिर्घ योगदान सम्मानबाट सम्मान गरिएको थियो। उक्त समारोहमा मह जोडी र बास्कोटालाई १÷१ लाख रुपियाँसहित सम्मान गरिएको हो । कार्यक्रममा प्रतिस्पर्धात्मक २६ सहित कुल ३४ विधामा अवार्ड प्रदान गरिएको थियो ।

अवार्ड समारोहमा १० विधाको मनोनयनमा परेको चलचित्र लीलीबीलीले सर्वोत्कृष्ट चलचित्र,निर्देशक,नवअभिनेत्री,पाश्र्व संगीत र ध्वनि मिश्रण गरी सर्वाधिक ५ विधाको अवार्ड चुमेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend