logo
  • सोमबार, असोज १२ २०८३

जिप दुर्घटना गराउने सवारी चालकलाई जेल सजाय


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी मङ्सिर १३ ।
गुल्मीको इश्मा गाउँपालिका २ का चालक प्रेम बहादुर कुवंर पुर्पक्षका लागि जेल चनाल भएका छन् । गत कार्तिक ७ गते इश्मा गापा २ को पालुखामा लु १ च ७३७० जीप दुर्घटनाका चालक कुवंर जेल चलान भएका हुन् ।दुर्घटनामा घाइते समेत रहेका कुवंरलाई उपचारपछि प्रहरीले कार्तिक १६ गते गिरफ्तार गरि अदालत पेश गरेको थियो । दुर्घटनामा इश्मा गाउँपालिका २ का विमल केशीको मृत्यु भएको थियो ।

२६ जना घाइते भएका थिए । आरोपितलाई सवारी तथा यातयात व्यावस्था ऐन २०४९ को दफा १ सय ६१ (२) बमोजिम सरकारी वकिलले अभियोग दावी गरेका थिए ।

जिल्ला अदालत गुल्मीका न्यायधिस राम प्रसाद न्यौपानेको एकल इजलासले कुवंरलाई मुलुकी फौजदारी कार्यविधी (संहिता) ऐन, २०७४ को परिच्छेद ७ को दफा ६७ (१) (ख) बमोजिम पुर्पपक्षको निम्ती थुनामा राख्न आदेश दिएको जिल्ला अदालत गुल्मीका श्रेष्तेदार दुर्गा प्रसाद बस्यालले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend