साझा नेटवर्क
कमल पौडेल, बागलुङ मंसिर ११ ।
गल्कोट नगरपालिकाकै एक मात्रै विहार उदय रिघा वुद्ध विहार गल्कोट नगरपालिका वडा नं. ११ को आमभेला सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै वडा अध्यक्ष डम्वर वहादुर श्रीसले गल्कोटकै एकमात्र वौद्ध विहारलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न काम गरिरहेको भन्दै आवश्यक सहयोग गर्न स्थानियलाई आग्रह समेत गर्नुभएको छ।
रिघामा वौद्ध विहारलाई प्रमुख मानि होम स्टे लगाएतको विकास गरि आन्तरिक पर्यटन पर्वद्धन गर्न सकिने भन्दै अध्यक्ष श्रीसले आफ्नो ठाउँ निर्माण गर्ने अभियानमा सवैजना लाग्नुपर्ने वताउनु भएको छ।
भेलाले विहार व्यावस्थापन समितिको पुर्नगठन गरेको छ। जसको अध्यक्षमा शेर वहादुर काउचा, उपाध्यक्षमा भिम वहादुर श्रीस, सचिवमा देवेन्द्र पुन, कोषाध्यक्षमा भिमला घर्ति, सहसचिव पदम काउचा लगाएत ११ सदस्यिय समितिको गठन गरेको छ।
भेलाले झम काउचाको संयोजकत्वमा दान वहादुर श्रीस, टंक वहादुर श्रीस, नाम वहादुर पुन, आषा राना रहेको अनुगमन समितिको गठन गरेको छ। त्यस्तै वडा अध्यक्ष डम्बर वहादुर श्रीसको संयोजकत्वमा तुल वहादुर श्रीस र तारा वहादुर पुन रहेको सल्लाहकार समितिको गठन गरेको छ।
भेला अध्यक्ष शेर वहादुर काउचा को अध्यक्षता तथा सचिव देवेन्द्र पुनको संचालनमा सम्पन्न भएको थियो। भेलामा स्थानिय जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो।
भेलामा कोषाध्यक्ष भिमला घर्तिले ५९ लाख वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। गल्कोटको एक मात्र विहारको लागि संसद विकास कोषवाट पनि १० लाख विनियोजन भएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend