साझा नेटवर्क

साझा नेटवर्क १० मंसिर २०७५,प्यूठान
जिल्लाका व्यवसायीहरुको हक हित तथा संरक्षणका लागि प्रतिनिधित्व गर्ने छाता सङ्गठन प्यूठान उद्योग बाणिज्य संघको १० औ अधिवेशनको सयम नजिकिए संगै जिल्लामा चुनावी रौनकता र सरगार्मी बढेको छ ।
आगामि मंसिर २९ गते सम्पन्न हुन गईरहेको संघको १० औ अधिवेशन नजिकिए संगै व्यवसायीहरु आ आफ्ना प्यानल बनाएर आफ्ना प्यानलका उम्मेदवारलाई बिजयी बनाउन इलाकाका बजार बजारमा प्रचार प्रसारमा जुटेका देखिन्छन् भने अधिवेशनकै लागि ठाउँ ठाउँका इलाका साधारण सभा तथा अधिवेशनहरु धमाधम सम्पन्न भएका छन् ।
संघको बिधानमा रहेको व्यवस्था अनुसार बुधबार सम्पन्न निर्वाचनबाट कार्यसमितिमा बस्तुगत र एशोसियट तर्फबाट २ जना व्यवसायीहरु निर्वाचित भएका छन् । बस्तुतगत तर्फ व्यवसायी सुर्य चन्द्र खनाल र एशोसियट तर्फ संघका पूर्व कार्यकारी निर्देशक तथा व्यवसायी झबेन्द्र शर्मा निर्वाचित भएका छन् । प्यूठान उद्योग बाणिज्य सघ अन्तर्गत रहेका ९वटा बजार इलाकाको अधिवेशन मंसिर ५ गते बाट सुरु भई कतिपय इलाकाको सम्पन्न भईसकेका छन् भने कतिपय इलाकामा अधिवेशन गर्ने तयारीमा व्यवसायीहरु जुटेका छन् । संघको झिमरुक बजार इलाकाको अधिवेशन ६ गते सम्पन्न भएको छ भने प्यूठान नगरपालिकाको ८ गते सम्पन्न भएको छ । मंसिर १० गते माण्डवी इलाका , मंसिर ११ गते स्वर्गद्धारी नगरपालिका क्ष्ोत्र तथा १८ गते भित्र सवै इलाकाका अधिवेशनहरु सम्पन्न हुने प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताए । ९ वटा बजार क्षेत्रबाट अध्यक्ष तथा जिल्ला प्रतिनिधि सहित १७ जना जिल्ला कार्य समितिमा आउने प्रावधान रहेको समेत अध्यक्ष न्यौपानेले जानकारी दिए ।
७ जनापदाधिकारी रहने संघमा बस्तुगत सदस्य, मानार्थ सदस्य, एसोसिएट सदस्य, निवर्तमान अध्यक्ष र निर्वाचित संघको अध्यक्षले १ जना महिला सहित ३ जना मनोनित गरि ३१ सदस्यीय कार्यसमिति रहने व्यवस्था भएको समेत अध्यक्ष न्यौपानेले जानकारी गराए ।
संघका बजार क्षेत्र तथा संघमा नेतृत्व आफ्नो हातमा पार्न व्यवसायीहरु दुई प्यानलनै बनाएर प्रचारमा जुुटेका छन् । एका तर्फ संयुक्त व्यावसायिक साझा प्यानल तथा अर्को व्यावसायिक प्यानल बनाएर व्यवसायीहरु प्रचारमा जुटेका छन् ।
शनिवार सम्पन्न प्यूठान नगर बजार क्षेत्रको अधिवेशनबाट मधुसुदन शर्माको नेतृत्वको व्यावसायिक साझा प्यानल निर्वाचित भएको छ । जस अनुरुप जिल्ला प्रतिनिधिमा डिल्लीराज पराजुली,पूर्ण चन्द्र सुवेदी,र प्रदिप कर्माचार्य निर्वाचित भएका छन् भने इलाका सदस्यमा अर्जुन सिंह बि.क.,सुमन सुबेदी,हरि ब.बुढा मगर ,प्रेम प्रसाद पण्डित,धन ब.खत्री क्षेत्री ,प्यार अलि खान ,कमल प्रसाद पौडेल निर्वाचित भएका छन् । अर्का व्यावसायिक प्यानलबाट सदस्य पदमा लक्ष्मी के.सी. निर्वाचित भएकी छिन् । प्यूठान नगर क्षेत्रको अधिवेशनमा प्यूठान न.पा.का मेयर अर्जुन कुमार कक्षपति,नेकपाका नेता तुल्सीराम शर्मा , प्रतिष्ठित व्यापारी मेघराज कक्षपति लगायतका प्रतिष्ठि व्यक्तित्वहरुले समेत मतदान गरेका थिए । साधारण सभाको अवसरमा बिजुवारका व्यापारी गायत्री श्रेष्ठलाई सामाजिक कार्यमा योगदान पूर्याए बापत प्यूठान नगर इलाकाले सम्मान गरेकोे थियो भने प्यूठान उद्योग बाणिज्य संघलाई अनाधिकृत कर खारेर्जी गर्न सफल भए बापत सम्मान समेत गरिएको थियो ।
संघको भावी अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष केदारमान कक्षपति निर्विरोध रुपमा निर्वाचित हुने सम्भावना रहेको संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताए ।
जिल्लाका आम व्यवसायीहरुको नेतृत्वदायी भुमिका निर्वाह गर्ने छाता संघ प्यूठान उद्योग बाणिज्य संघको आगामि ३ बर्षे कार्यकालका लागि नेतृत्व गर्न संघका बरिष्ठ उपाध्यक्ष तथा नेपालकै प्रतिष्ठित व्यवसायी केदारमान कक्षपति अध्यक्षको लागि निर्वाचित हुने सम्भावना यतिवेला चर्चामा रहेको छ भने संघकै बरिष्ठ उपाध्यक्षमा युवा व्यवसायी यज्ञ बहादुर के.सी. (प्रभात) को नाम चर्चामा रहेको छ ।
केदारमान कक्षपतिको नेतृत्वमा नेकपा , रा.ज.मो, रा.प्र.पा.समर्थक व्यवसायीहरुले संघको जिल्लामा नेतृत्व गर्ने प्यानल बनाएका छन् । जस अनुरुप बरिष्ठ उपाध्यक्ष यज्ञ बहादुर के.सी. ( प्रभात) ,प्रथम उपाध्यक्ष दुर्गा भुसाल ,द्धितिय उपाध्यक्ष मुक्ति पोख्रेल , महासचिव कृष्णभक्त गिरी लगायतको प्यानल तयार भएको श्रोतले जानकारी दिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend