logo
  • शुक्रबार, असोज ९ २०८३

देउसीँभैलोको रकम सामाजिक कार्यमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पोखरेल, गुल्मी मङ्सिर ९।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका ७ स्थित भगभति सोसाईटी युवा क्लवले देउसीँ भैलो खेलेर उठेको रकम गाउँकै विकासकै लागि खर्च गर्ने भएको छ । उसले गाउँमै विभिन्न कार्यक्रमहरु हुँदा चाहिने स्थानको लागि टेन्ट र साउण्ड सिस्टम किन्ने भएको हो । ‘भैलो खेलेर रमाइलो त भयो नै, संकलित रकमलाई गाउँकै विकासमा सदुपयोग गर्न खोजिएको हो ।’ क्लवका अध्यक्ष सागर बेलवासेले भने, ‘गाउँमै दुई कोठा बराबरको टेन्ट राख्ने भएका छौ ।

विवाह, पार्टी लगायतका कार्यक्रम हुँदा उक्त स्थान प्रयोग गरिने क्लवले जनाएको छ । कुल संकलित रकम एक लाख पाचँ हजारमध्ये ७० हजार बराबरको टेन्ट राख्ने क्लवले जनाएको छ ।

यस्तै क्लवले विगतका बर्षहरुमा पनि देउसीँ भैलोबाट संकलित रकम विभिन्न सामाजिक क्षेत्रमा खर्च गरेको थियो । गत बर्ष गाउँकै विभिन्न पधेँराहरु संरक्षण गरेको थियो ।

२०७३ सालको देउसीँ भैलोबाट संकलित रकमबाट छत्रदेव ७ स्थित सुपादेउराली मन्दिरमा खानेपानीका धारा निर्माण गरेको अध्यक्ष बेलवासेले जानकारी दिए ।

सोहि बर्ष नै उक्त मन्दिरको विकासका लागि ६० हजार रकम सुपादेउराली मन्दिरको लागि प्रदान गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend