logo
  • सोमबार, असोज १२ २०८३

मध्यपहाडि लोकमार्गमा डरलाग्दो दुर्घटना, दुइजना शक्त घाइते


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ मंसिर ८ ।
मध्यपहाडि लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नं. २ को सक्नयार आकाशे पुल नजिकै ग १० प ८६४९ नं. को मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भिर घाइते भएका छन् ।

सो दुर्घटनामा गुल्मी इस्मा गाउँपालिका वडा नं. ३ का अन्दाजी वर्ष ३५ का युवराज खड्का र रुकुम बरायाला ९ वर्ष २६ का नविन वुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ। शक्त घाइते दुवै जनालाई उद्धार गरि खर्वाङमा प्राथमिक उपचार पछि पाल्पा पठाइएको खर्वाङ प्रहरीले जनाएको छ।

खड्काको टाउकोमा चोट लागेको र बुढाथोकीको खट्टा तथा हात दुवै भाँचिएको प्रहरीले जनाएको छ। बडिगाड महोत्सव हेरेर फर्किने क्रममा सडकवाट मोटरसाइकल २ सय मिटर तल बडिगाड खोलामा पुगेको र दुवै घाइतेलाई खोला किनारावाट निकालिएको प्रहरीले जनाएको छ।

दुई हप्ता अगाडि पनि सोहि स्थानमा मोटरसाइकल खोलामा खस्दा एक जनाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend