logo
  • सोमबार, असोज १२ २०८३

बडिगाड महोत्सवलाई नेपालीद्वारा १ लाख सहयोगको घोषणा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ मंसिर ६।
ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला २०७५ को लागी १ लाख १ हजार घोषणा गर्नुभएको छ । महोत्सवको छैठौं दिनको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालीले ढोरपाटन नगरपालिकाको तर्फवाट ५ लाख तथा व्याक्तिगत रुपमा १ लाख १ हजार गरि कुल ६ लाख १ हजार रकम घोषणा गर्नुभएको हो। तुरतुरे ताललाई व्यावस्थित गर्ने र ढोरपाटनको विकासको लागि समेत कोशेढुँगाको रुपमा सो ताललाई विकास गर्न सकिने भन्दै मेयर नेपालीले विकासमा सवै दल, भुगोल एक हुनुपर्ने वताउनु भएको छ।

नेपालमै आफ्नो तलब भत्ता नलिने आफू एक मात्र जनप्रतिनिधि भएको दावी गर्दै मेयर नेपालीले नेताहरु इमान्दार वन्नुपर्ने र जनता संग बोलेको वाचा पुरा गर्नुपर्ने वताउनु भएको छ।

कार्यक्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ति, प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम महोत्सव आयोजक समितिका अध्यक्ष कलाधर घिमिरेको अध्यक्षता तथा सचिव विष्णु प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो।

त्यस्तै आजै भएको शिक्षक – कर्मचारी मैत्रिपूर्ण गाउँखाने कथा प्रतियोगीतामा शिक्षकहरु विजय भएका छन्। दुवै समुहको वरावर नम्वर आएपछि गोलाप्रथा वाट शिक्षकहरुले जितेका थिए।

प्रतियोगीतामा प्रथमले १० हजार र द्धितिय हुने समुहले ७ हजार प्राप्त गरेका थिए। कार्यक्रम वडा नं. ५ का अध्यक्ष अर्जुन खरेल, वडा नं. ७ का अध्यक्ष कृष्ण गुरुङ तथा वडा नं. १ का अध्यक्ष वोम वहादुर थापाले संचालन गर्नुभएको थियो।

त्यस्तै खुल्ला पुरुष भलिवल प्रतियोगिता तर्फ बडिगाड युवा मञ्च र मदन भण्डारी स्पोर्ट एकेडेमी फाइनलमा पुगेको छन्। भने वुर्तिवाङ राइजिङ युवा क्लव तृतिय भएको छ।

कला संस्कृति कृषि र पर्यटन समृद्ध बडिगाडको आधार, प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला नमुना बडिगाडको पूर्वाधार भन्ने नारा सहित मंसिर १ गते देखि सुरु भएको बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला मंसिर ९ गते सम्म सञ्चालन हुने छ। अहिले पनि कार्यक्रम चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend