logo
  • शुक्रबार, असोज ९ २०८३

बडिगाड महोत्सवमा थानेश्वर संगै झुम्यो खार वजार


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ मंसिर ६ ।
प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला २०७५ को पाचौं दिन थानेश्वर गौतमको प्रस्तुती विशेष भएको छ। दिनभर बडिगाड आइडलको मुल्यांकन गरेका गाएक गौतम गित गाउन स्टेजमा आउँदा हुटिङले मेला नै तताएको थियो। खार वजारमा भएको सो साँस्कृतिक कार्यक्रममा भर्सटाइल गायक भनेर चिनिने गौतमले सवैलाई नचाएका हुन्।

युवा, वृद्ध सवैलाई नचाएका गौतमले गाजल लाइन छ्यौ, छमछमती पाउजुहरु वजाएर नाच, घुम्तेमुनी कौलेनी साँइली, स्यांजा गएँ पाल्पा गएँ बटौलीमा गइन, सालैजो मार्यो नी मायाले लगाएतका गित प्रस्तुत गरेको थिए। क्लासिकल, गजल, सालैजो, लोक, आधुनिक तथा चलचित्रका गितमा समेत दख्खल राख्ने गौतमले सवै प्रकारका गित गाएका थिए।

शास्त्रीय संगित देखि झ्याउरे गितहरुको सुन्दर म्युजिक मन्जरीको रुपमा चिनिने गायक गौतमले बडिगाड तथा पौंदि वासीलाई निकै मनोरन्जन दिएका थिय। नेपाली गित संगितमा चर्चाको शिखरमा पुगेका गौतमलाई युवाहरुको वान्समोर ले अलमल पारेको थियो। छिप्पीदै गरेको रातमा गौतमको गितले थप राग थपेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend