साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौँ मङ्सिर ५।
एएनपी मिडिया हाउसले आयोजना गरेको राष्ट्रिय नाच घर जमलमा सम्पन्न नेपाल किड्स आइकन २०१८ सिजन-७ को बिजेता बन्न सफल भएकी छिन । काठमाडौँ पेप्सीकोला निबासी ८ बर्षीय साईसा सेडाइ उनले विनरको ताज संगै बेष्ट सकिनको उपाधि समेत हात पारेकी थिइन ।
फाइनल राउण्डमा निर्णायक मण्डलीको अन्तिम प्रश्नलाई उत्कृष्ट ढंगले उत्तर दिदै तथा मनमोहक प्रस्तुतिको साथमा उनले उक्त बिजेताको ताज पहिरहन सफल भएकी थिइन ।
काठमाडौँ वर्ल्ड स्कुल भक्तपुर ३ कक्षामा अध्यनरत छात्रा साईसा सेडाइ बिद्यालयमा समेत राम्रो बिद्यार्थीको रुपमा चिनिएकी छिन । तेज दिमाग भएकी साईसा सेडाइ पढाइ संगै अन्य आन्तरिक क्रियाकलापमा समेत उत्तिकै उत्कृष्ट रहेको उनका बाबा ब्यबसायी तथा समाजसेवी सन्तोष कुमार सेडाईले बताए ।
काठमाडौँ महानगरपालिका वडा न. ३२ पेप्सीकोलाको स्थायी बासिन्दा नेपाल किड्स आइकन २०१८ को बिजेता साईसा सेडाइ भविष्यमा डाक्टर तथा समाजसेवी बन्ने चाहना लिएकी छिन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend