logo
  • सोमबार, असोज १२ २०८३

जग्गा रजिष्ट्रेशन गराउने महिलाको सङ्ख्या घट्दै


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी मङ्सिर ५।
महिलाको नामबाट जग्गा रजिष्ट्रेशन गराउदाँ सरकारले छुट दिएपनि गुल्मीमा महिलाको नाममा जग्गा रजिष्ट्रेशन गराउने महिलाहरुको सङ्ख्या घट्दै गएको छ । आर्थिक बर्ष २०७३÷७४ देखि हालसम्मकै तथ्याङ्क हेर्दा पनि लगातार रुपमा महिलाको नाममा जग्गा रजिष्ट्रेशन गराउनेको सङ्ख्या घटेको पाइएको छ । आर्थिक बर्ष २०७५÷७६ को असौजसम्म कुल १०८ महिलाले आफ्नो नाममा जग्गा रजिष्ट्रेशन गराए । जसमध्ये ग्रामिण क्षेत्रका महिला ७२ र शहरी क्षेत्रका महिला ३६ जना छन् । यो आर्थिक बर्षको तिन महिनामा मात्रै ब्राह्मण तर्फका ग्रामिण ५३ र शहरमा बसोबास गर्ने १३ महिलाले आफ्नो नाममा जग्गा रजिष्ट्रेशन गराएका छन् ।

जनजातितर्फका ग्रामिण भेगमा बसोबास गर्ने १९ र शहरी क्षेत्रमा बस्ने १३ महिलाले पनि आफ्नै नाममा जग्गा रजिष्टेशन गराएको जिल्ला मालपोत कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । यहि आर्थिक बर्षको साउन महिनामा मात्रै ४४ महिलाले आफ्नो नाममा जग्गा रजिष्ट्रेशन गराएका छन् ।

जुन कुल रजिष्ट्रेशन गराउने सङ्ख्याको २४.१७ प्रतिशत हो । साउनमा जम्मा १८२ जनाले जग्गा रजिष्ट्रेशन गराएका थिए । भदौ महिनामा यो सङ्ख्या घटेर ३६ मा झरेको छ । भदौमा जम्मा ३४५ जनाले जग्गा रजिष्ट्रेशन गराएका थिए । तर महिलाको नाममा भने १०.४३ प्रतिशत मात्र जग्गा रजिष्ट्रेशन भएको छ ।

असौजमा महिलाको नाममा रजिष्टे«शन गराउने सङ्ख्या घटेर ५.३५ प्रतिशतमा झरेको छ । असौजमा कुल ५२३ जनाको जग्गा रजिष्ट्रेशन गरिएको छ । जसमध्ये जम्मा २८ जना महिलाले मात्र आफ्नो नाममा जग्गा रजिष्ट्रेशन गरेको जिल्ला मालपोत कार्यालयका प्रमुख खुप बहादुर खत्रीले जानकारी दिए ।

त्यस्तै आर्थिक बर्ष २०७३÷७४ मा कुल एक हजार ११० महिलाको नाममा जग्गा रजिष्ट्रेशन भएको छ । तर आर्थिक बर्ष ०७४÷७५ आइपुग्दा यो सङ्ख्या घटेर ९२७ मा सिमित भएको छ । अर्थात ३३.६४ प्रतिशत महिलाले आफ्नो नाममा जग्गा रजिष्ट्रेशन गराएका छन् । त्यस आर्थिक बर्षमा कुल दुई हजार ७५५ जनाले जग्गा रजिष्ट्रेशन गरेको तथ्याङ्क छ ।

रजिष्ट्रेशन गर्ने ः शहरका भन्दा गाउँका धेरै

सरकारले जग्गा रजिष्ट्रेशन गराउदाँ नगरपालिकालाई शहर र गाउँपालिकालाई गाउँ भनि नामाकरण गरेको छ । जसअनुसार गुल्मीमा रेसुङ्गा र मुसिकोट नगरपालिका शहरभित्र पर्दछन् । भने अन्य १० गाउँपालिकाहरु गाउँ भित्र पर्दछन् ।

जिल्ला मालपोत कार्यालयको तथ्याङ्कअनुसार महिलाको नाममा जग्गा रजिष्ट्रेशन गराउनेहरु शहरी क्षेत्रका भन्दा ग्रामिण क्षेत्रका धेरै छन् । आर्थिक बर्ष २०७५÷७६ को साउन महिनामा कुल ४४ महिलाको नाममा जग्गा रजिष्ट्रेशन भयो । जसमध्ये ग्रामिण भेगका २८ र शहरी भेगका १६ जना छन् ।

त्यस्तै भदौ महिनामा पनि २० जना ग्रामिण भेगका महिलाले आफ्नो नाममा जग्गा रजिष्ट्रेशन गराएका छन् भने शहरी भेगका जम्मा १३ महिलाले मात्रै जग्गा रजिष्ट्रेशन गराएका छन् ।

असौजमा जग्गा रजिष्ट्रेशन गराएका महिलामध्ये २१ जना ग्रामिण र सातजना शहरी महिला छन् । त्यस्तै आ.व. ०७३÷७४ मा पनि ग्रामिण क्षेत्रका कुल ८८० महिलाले आफ्नो नाममा जग्गा रजिष्ट्रेशन गराएका छन् । जबकी शहरी भेगका जम्मा २३० महिलाले मात्र जग्गा रजिष्ट्रेशन गराएको कार्यालय प्रमुख खत्रीले बताए ।

आ. व. ०७४÷७५ मा पनि जग्गा रजिष्ट्रेशन गराउनेमा शहरी भेगकै महिला थोरै छन् । त्यस बर्ष ६९६ ग्रामिण भेगका महिलाले आफ्नो नाममा जग्गा रजिष्ट्रेशन गराउदाँ शहरी भेगका भने जम्मा ३२१ महिलाले मात्रै जग्गा रजिष्ट्रेशन गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend